काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेपाल समाजबादी पार्टीका नेता डा. बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आगामी निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिन्ह बाट चुनाब लड्ने निधो भएको छ । २०७९ साउन ३१ गते बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वामदेव गौतम र बाबुराम भट्टराई नेतृत्वको नेसपालाई गोलाकार भित्रको हसिया हथौडा चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको छ । माओवादी केन्द्रले उक्त निर्णय गरे सङ्गै भट्टराई र गौतम गोलाकार भित्रको हसिया हथौड़ा चुनाब चिन्हबाट चुनाव लड्ने निश्चित भएको हो ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बैठकले वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नमा लड्न दिने निर्णय गरेको जानकारी दिए । प्रवक्ता महराका अनुसार भट्टराई र गौतमले त्यसरी चुनाब लड्न केही सर्त राखेका छन । उनीहरुले राखेका सर्तबारे थप छलफल गर्ने तथा आफ्नो पार्टी सत्ता गठबन्धनमा समेत भएकाले गठबन्धनभित्र पनि छलफल गरेर मात्र टुंगो लगाइने प्रवक्ता महराले स्पस्ट पारे ।