भारत माथि लगायो फिफाले प्रतिबन्ध

काठमाडौं । पाँच पाच पटकको बिजेता भारत छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा भने  सहभागी नै हुन नपाउने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)लाई अनिस्चितकालिन प्रतिबन्ध लगाए सङ्गै भारत छैटौं सस्करणको महिला साफ  च्याम्पियनसिपबाट बन्चित हुने भएको हो ।

फिफाले १६ अगस्त २०२२ अर्थात २०७९ साउन ३१ गतेका दिन भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो । फिफाले एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ । फिफाको विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ । फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू–१७ महिला विश्वकप पनि सर्ने भएको छ ।

फिफाले पछिल्लो समय भारतलाई सहमति भएको रोडम्यापबाट ‘विचलित’ भएमा प्रतिबन्ध लगाउने  चेतावनी दिदै आएको थियो । तर उक्त चेतावनीको बेवास्ता गर्दै भारतले पटक पटक विधान विपरित कार्य  गर्दै आएको थियो । गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफलाई विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित