इटहरी । नेकपा(मसाल) प्रदेश एक समन्वय समितिको प्रवक्तामा योगेन्द्र ढकाल चयन भएका छन् । २०७९ साउन २८ गते सम्पन्न भेलाले ढकाललाई पार्टी प्रवक्तामा चयन गरेको हो । ढकाल यस अघि पनि नेकपा (मसाल) प्रदेश एकको प्रवक्ताको जिम्मेवारी मै रहेका थिए ।
प्रवक्ता ढकालले २०७९ साउन ३० मा एक प्रदेश वक्तव्य जारी गर्दै भेलाले गरेका निर्णयहरु सार्वजनिक गरेका छन् ।
जारी वक्तव्यमा अगाडि भनिएको छ–“नेकपा (मसाल) केन्द्रिय समन्वय समितिले आयोजना गर्न लागेको विशेष महाधिवेशन लाई समर्थन गर्दैे नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्रदेश नं० १ समन्वय समितिले श्रावण २८ गते प्रदेश भेला सम्पन्न गरेको छ । भेलाले गरेका निर्णयहरुलाई सार्वजनिक गर्न यो वक्तव्य जारि गरिएको छ ।
नेकपा (मसाल) सातौँ महाधिवेशन सम्म सच्चा क्रान्तीकारी विचार भएको पार्टीको रूपमा रहेको थियो । आठौं महाधिवेसनमा पार्टीले त्यो विचार लाई परित्याग गरेको छ । पार्टीले बुर्जुवा चुनाब लाई अघोषित रंणनीति रूपमा निर्णय गरेको छ । नयाँ जनवादी क्रान्तीको न्यूनतम आधारभूत कार्यक्रम ल्याउन सकेन । वर्तमान परिस्थितिमा ०६२÷०६३ को आन्दोलन वाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै नयाँ जनवादी क्रान्तीको आधार तयार पार्नु पर्दछ । देशब्यापीरुपमा नयाँ जनवादी क्रान्तिको प्रचारात्मक कार्यक्रम, पार्टीको आन्तरीक ब्यवस्थापन, निर्वाचित जनप्रतिनिधि मार्फत स्थानिय सत्ताको अभ्यास, आन्तरीक स्वयंसेवकको तयारी, महंगी, भ्रष्टचार विरुद्ध र संघियता विरुद्धको आन्दोलन लाई अगाडी बढाएर जनवादी क्रान्तिलाई सहयोग पुग्ने खालका कार्यक्रम दिन सक्नु पर्दथ्यो ।
पार्टी क्रमसः संसदवादी दलदलमा फस्दै गयो । पार्टीले वर्ग दुश्मन संग घाँटी जोडर वुर्जुवा व्यवस्था प्रति मोह बढाउँदै गएको हुँदा नेकपा (मसाल) भित्र दुहलाइनको संघर्ष चरम उत्कर्षमा पुगेर हाल सम्म नेकपा (मसाल) समन्वय समितिका केन्द्र, प्रदेश, जिल्ला र स्थानिय गाउँ स्तरसम्मका समितिहरु बनाउने प्रकृया अगाडी बढेको छ । नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिले सातौ महाधिवेसनको क्रान्तीकारी कार्यदिशालाई रक्षा गर्ने उद्देश्यमा अगाडी बढेको छ । त्यस अनुसार २०७९ श्रावण २८ मा सम्पन्न भेलाले नेकपा (मसाल) प्रदेश नं० १ समन्वय समिति गठन गरेको छ । उक्त भेलाले प्रदेश ब्यूरो प्रवक्तामा का०योगेन्द्र ढकाल (मोरङ्ग) लाई चयन गरेको कुरा यसै बक्तब्य मार्फत सार्वजनिक गरिएको छ ।”