बास्तोला टानको नयाँ अध्यक्ष

काठमाडौं । निलहरी बाँस्तोला पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को नया अध्यक्ष चयन भएका छन । २०७९ साउन ३० गते राति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट बाँस्तोला ६१६ मतप्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा बाँस्तोलाका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरेका छन् । निर्वाचनमा अध्यक्ष बाँस्तोलाको प्यानल नै विजयी भएको छ ।निर्वाचन समितिका अनुसार टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना र सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन् ।

यस्तै निर्वाचित  समितिको महिला सदस्य सजना त्रिपाठी रहेकी छिन भने  खुल्ला सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार रहेकाव्छन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित