बिरेन्द्रनगर । अब कोहलपुर–सुर्खेत सडकखण्डमा रातिको समयमा दुई पाङ्ग्रे सवारीसाधन चलाउन नपाइने भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक सुचना जारी गर्दै कोहलपुर सुर्खेत सडकखण्डमा रातिको समयमा मोटरसाइकल लगायतका दुइपाङ्ग्रे सवारी साधन माथि रोक लगाएको छ ।
स्मरणरहोस साउन २९ गते बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको बन्यजन्तुको आक्रमणमा परी मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तहरुले विभिन्न माग राख्दै २९ साउनको दिउसनै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी ६ घन्टासम्म सडक अवरुद्ध गरेका थिए । सो प्रर्दशन पछि ३० साउनका दिन अवेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चारपाङ्ग्रे सवारी साधनको अगाडि र पछाडि रही सञ्चालन गर्ने निर्णय गरेको हो ।