काठमाडौं । मुकुल ढकाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री चयन भएका छन । रास्वपाले पार्टी पदाधिकारीहरुको टुङ्गो लगाएको छ ।
रास्वपाको २०७९ भदौ ६ गते बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीहरुको नामावली टुङ्गो लगाएको हो । सो पार्टिमा डोल प्रसाद अर्याललाई उपसभापतिको जिम्मेवारी दिइएको छ । यस्तै कविन्द्र बुर्लाकोटीले सह–महामन्त्री र बसुमाया तामाङले सह–कोषाध्यक्षको जिम्मेवारी पाएका छन ।
बैठकले बेथिति विरुद्ध खबरदारी गर्ने भन्दै केन्द्रीय सदस्य सोविता गौतमको संयोजकत्वमा ¥यापिड एक्सन टिम गठन गरेको छ । यस्तै बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । आफ्नो उम्मेद्बारी आफै घोषणा गरिसकेका स्वतन्त्र ब्यक्तिहरुसँग छलफल गर्नका लागि बैठकले गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको जनाइएको छ ।