रहेनन आदर्शवान नेता प्रदिप गिरी

काठमाडौं । देशले फेरि एक आदर्वान नेता गुमाउन पुगेको छ । काङ्ग्रेसमा रहेर पनि कम्युनिस्टहरुका समेत आदर्शवान नेता बन्न सफल समाजवादी बिचारक प्रदिप गिरीको निधन भएको छ । 

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आएका नेता गिरिलाइ आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा नेता गिरीको अस्पतालमै भदौ ४ गते ९.३० बजे निधन भएको थियो । गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पूर्वराष्ट्रपति डा रामवरण यादव, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, डा शेखर कोइराला लगायत अस्पताल परिसरमै पुगेका थिए । नेता गिरीको पार्थिव शरीरलाई ५ भदौको बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा र ११.३० बजेदेखि दिउँसो २.०० बजेसम्म काङ्ग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

कांग्रेस पार्टी कार्यालय सानेपा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलगायतका नेताहरुले निधन भएका नेता गिरी प्रति श्रद्धाञ्जली ब्यक्त गरेका थिए । त्यसपछि नेता गिरीको पार्थिव शरीरलाई पशुपति आर्यघाट लगेर दाहसंस्कार गरिएको थियो । आदर्शवान नेता गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न हजारौ सर्वसाधारण पशुपति आर्यघाट पुगेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित