कञ्चनमा एकता अधिवेशन सम्पन्न

रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी ( मशाल ) कञ्चनको एकता अधिवेशन २०८१ असार १ गते सम्पन्न भएको छ । कमरेड रकेटको अध्यक्षतामा सम्पन्न अधिवेशनले केजी कुमार पौडेलको संयोजकत्वमा १९ सदस्यीय गाउँ संगठन समिति गठन गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही ईन्चार्ज कमरेड तिलकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य कमरेड रमेश , जिल्ला संयोजक दिपक पौडेलले , हरैया बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष चुडामणि सर्माले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियोे । कमरेड गुलाफको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कमरेड हाँकको रहेको थियो । कार्यक्रममा २०८१ जेठ २८ गते निधन भएका पार्टीका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटाको स्मरणमा १ मिनेट मौन धारण गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित