भक्तपुरमा एकता अधिवेशन सम्पन्न

भक्तपुर । २०८१ बैशाख १९ गते क्रान्तिकारी दुई पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल )बिच पार्टी एकता भएपछि २०८१ असार १ गते पार्टी केन्द्रिय कार्यालय सदस्य तथा ३ नम्बर प्रदेश संयोजक अटलको प्रमुख आतिथ्यमा भक्तपुर जिल्लाको दुई पार्टी बिच एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ ।अधिवेशनले विश्वासको संयोजकत्वमा ३६ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । संयोजकको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो भने कार्यक्रम सन्चालन सहसंयोजक बिवेकले गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अर्का सहसंयोजक किरणले एकताले क्रान्तिकारीहरुमा नयाँ उर्जा पैदा गरेको बताउनु भयो । जिल्ला इन्चार्ज सरुले शुभकामना मन्तव्य राख्दै साम्राज्यवादी शक्तिहरु कमजोर हुँदै गएको बेला सच्चा क्रान्तिकारी कम्युनिस्टहरु एक भएर क्रान्ति सम्पन्न गर्नु पर्ने बताउनु भयो । त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि अटलले देशको बस्तुस्थिती, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनैतिक परिस्थिति पार्टीको राजनीतिक सामरिक कार्यदिशा आगामी कार्यक्रम र योजनाको बारेमा राजनैतिक बैचारिक प्रशिक्षण तथा दिशानिर्देश गर्नु भयो ।अन्तमा बैठकका अध्यक्ष विश्वासले सांगठनिक कार्यक्रमको बारेमा प्रस्टपार्दै बैठकमा उपस्थित सबैलाई धन्यवाद दिदै बैठक समापन गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित