म्याग्दीमा एकता अधिवेशन सम्पन्न

म्याग्दी। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ न प्रदेश अन्तर्गत ने क पा (मशाल ) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बिच एकताका कार्यक्रम हरु तीब्र रुपमा अगाडि बढेका छन। २०८१ असार २ गते म्याग्दी जिल्लाको एकता अधिेवेशन कार्यक्रम म्याग्दी जिल्लाको बेनि बजारमा सम्पन्न भएको छ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा ४ न प्रदेश संगठन समितिका संयोजक चिन्तामणि पौडेलको प्रमुख आतिथ्यता जिल्ला संयोजक सागर अर्यालको सन्चालन र अध्यक्षता सह संयोजक याम ब कार्की को स्वागतमा भएको थियो ।

कार्यक्रममा विशेष अतिथि युवा जनस्वयमसेबक ४ न प्रदेश इन्चार्ज पार्टी सचिबालय सदस्य अनन्त केसिले मन्तव्य तथाप्रशिक्षण दिनु भएको थियो।सहिद प्रति एक मिनेट श्रद्धाञ्जली अर्पण गरिएको थियो।एकता अधिवेशनले सागर अर्याल संयोजक, यामब कार्की सहसम्योजक सहित ९ सदस्यीय जिल्ला संगठन समितिको चयन गरेको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित