खलंगा, प्यूठान । दक्षिणपन्थी अवसरवादीहरु राजनैतिक प्रतिशोध साध्नका निम्ति कतिसम्म तल्लो स्तरमा गिर्न सक्दारहेछन् भन्ने एउटा नमुना प्यूठानको स्वर्गद्वारी नगरपालिकामा देखिएको छ । मसालभित्रको दक्षिणपन्थी विचार समूहको नेतृत्व गर्ने मोहनविक्रम समूहले राजनैतिक प्रतिशोध साध्नकै निम्ति अत्यन्तै तल्लोस्तरको मध्ययुगिन अन्धविश्वासी कार्य गरेको छ–प्यूठानको स्वर्गद्वारी नगरपालिकामा । अन्धविश्वासी प्थालाई मान्दिन भन्दा सामाजिक बहिष्कार गर्ने निर्णय गरिएको छ–स्वर्गद्वारी नगरपालिकामा मोहनविक्रम सिंहका विश्वासपात्र उपमेयर मिनराज रानाको निर्देशनमा ।
नेकपा (मसाल) जिल्ला समन्वय समिति प्यूठानले एक प्रेस वक्तव्य जारी गर्दै उक्त घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । संयोजक लेखकद्वारा २०७९ भदौ ५ गते जारी उक्त वक्तव्यमा भनिएको छ–“स्वर्गद्वारी नगरपालिका वडा नं २ धनबाङ निवासी कामरेड वीर बाहदुर पुनलाई स्वर्गद्वारी नगरपालिकाका उपमेयर श्री मिनराज रानाको निर्देशन र उपस्थितिमा गाउँ भेला गरी राजनैतिक प्रतिशोधको आधारमा वनको कारण बनाई आगो पानी नछोएको भनी सामाजिक रूपमा अपमान गरि, गाउँमा प्राप्त हुने सामाजिक सेवा सुविधाबाट बञ्चित गरि सामाजिक बहिष्कार गर्ने जस्तो घृणित र जघन्य कार्य गरेकोमा नेकपा (मसाल) जिल्ला समन्वय समिति प्यूठानको ध्यानाकर्षण भएको छ ।
यही साउन १७ गतेका दिन धैरेनी पाखा वन उपभोक्ता समितिको बैठक बसी वनमा गाई बाख्रा चरी चरण गराउने ब्यक्तिको पहिचान गर्नका लागि आगो पानी छुवाउने र आगो पानी छोएर गल्ती महसुस गर्नेलाई रू ५००÷– जरिवाना र आगो पानी छुने क्रममा गल्ती भेटिए रू १०००÷– जरिवाना गर्ने निर्णय गरिएको रहेछ ।
गाउँमा जस्ले गाई बाख्रा पालेका छैनन् वा जस्ले एक दुईवटा बाख्रा घरमा बाँधेर पालेका छन् उनीहरूले आगो पानी छुन बाध्य पार्न नहुने र आगो पानी छुने तरिका न्याय प्रणालीमा ठिक पनि नभएकोले यसो गर्न नहुने वीर बहादुर पुनको मत रहेकाले, आगो पानी छुने बिषयमा आफूले असहमति राख्नु भएको रहेछ ।
साउन १८ गते बैठक बस्ने र आगो पानी छुवाउने काम भयो । विर बहादुर पुनको असहमति रहेकोले उक्त बैठकमा जानु भएन । पुन साउन २१ गते साविकको वडा नं. २ को आम भेला बोलाउने काम भयो । भेलामा गाई बाख्रा नपालेका घर परिवारलाई समेत आगो पानि छुवाउन दवाव दिने काम भयो । तर वीर बहादुर पुनले पहिलेकै मतमा अडान लिनु भयो र आगो पानी छुनु भएन ।
त्यसपछि उक्त भेलामा उपस्थित भएका राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा स्वर्गद्वारी नगरपालिका का उप–मेयर मीनराज रानाको निर्देशनमा, आगो पानी नछोयका वीर बहादुर पुनलाई , “प्र.न. १– कारवाही सम्बन्धमा” भन्ने प्रस्ताव राखी यस्तो निर्णय गराउन लगाए ।
“स्वर्गद्वारी नगरपालिका वडा नं २ धनबाङ निवासी वीर बहादुर पुन मगरले सामुदायिक वनमा बेथिति भएकोमा, आम भेलाको निर्णय विपरीत गएको हुँदा (आगो पानी नछोएको) सो लाई प्रगतिशील सामुदायिक वन कोष, त्यसै गरि गाउँ कोष र विद्यालय कोषबाट बञ्चित गर्ने निर्णयका साथै धैरेनी पाखा सामुदायिक वन कोषलाइ चलाउन नदिने” बञ्चित गर्ने गरि निर्णय गरियो भन्ने कठोर निर्णय गराउने काम गरियो ।
सामुदायिक वनको विधान र कार्य योजनालाई समेत वास्ता नगरेर राजनैतिक प्रतिशोधका आधारमा लामो समय सम्म समाजको मुक्ति, परिवर्तन र ब्यक्तिगत सुख सुविधालाई परित्याग गरि लागेका वीर वहादुर पुन माथि जुन प्रकारको अमानवीय ब्यवहार गरियो, यो अत्यन्तै घृणित र सामन्तवादी पुरातन न्याय प्रणाली प्रयोग गरि सम्मानित न्याय प्रणालीको खिल्ली उडाउने काम समेत गरियो र सत्ताको उन्मादमा जनतालाई दवाउने काम गरियो ।
स्वर्गद्वारी नगर पालिकाको उप–मेयर जो उक्त नगर पालिकाको न्याय विभागको संयोजक समेत रहेको ब्यक्तिको उपस्थिति र निर्देशनमा जुन हरकत भएको छ यो कुनै हालतमा क्षम्य हुन सक्दैन । यो घटना संग सम्बन्धित व्यक्ति उप–मेयर मिनराज राना लगायतका दोषीउपर छानबिन गरि दण्डित गर्न र घटनाका निर्दोशि वीर बहादुर पुनलगायत सर्वसाधारण जनताई न्याय दिन सम्बन्धित निकायमा ध्यानाकर्षण गर्दै यो घटनाको नेकपा (मसाल) जिल्ला समन्वय समिति, प्यूठान घोर भत्र्सना गर्दछ ।”