काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना–सञ्चार तथा प्रकाशन विभागको २०८०असार ८ गते बैठक सम्पन्न भएको छ । सूचना–सञ्चार तथा प्रकाशन विभागका इन्चार्ज गुणप्रसाद लोहनीको अध्यक्षता र सूचना–सञ्चार तथा प्रकाशन संगठन समितिका संयोजक हुकुमबकहादुर सिंहको संचालनमा सम्पन्न भएको बैठकले हाँक साप्ताहिक, वर्गदृष्टि साप्ताहिक, रातोखबर साप्ताहिक, मूलबाटो डटकम, हाँक टुडे डटकम र इरातोखबर डटकम लगायतका मिडियाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकमा उल्लेखित मिडियाका व्यवस्थापन र सम्पादनको क्षेत्रमा कार्यरत व्यवस्थापक र सम्पादकहरुको उपस्थिति रहेको थियो । बैठकमा वर्गदृष्टि मिडिया प्रा.लि.सञ्चालक समितिका अध्यक्ष रामसिंह बुढाथोकी, हाँक साप्ताहिक प्रालिका अध्यक्ष कृष्ण पौडेल, रातोखबर प्रा.लि.का अध्यक्ष गुणराज लोहनीको उपस्थिति रहेको थियो ।बैठकमा मूलबाटो डटकमका सम्पादक हिरामणी दुःखी, वर्गदृष्टि साप्ताहिकका सम्पादक इन्द्र राउत, हाँक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्मा, रातोबखर साप्ताहिकका सम्पादक बद्रीकुमार चौलागाईको उपस्थिति रहेको थियो ।
त्यसैगरी व्यवस्थापन तर्फ वर्गदृष्टि मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक हुकुमबहादुर सिंह, हाँक साप्ताहिक प्रा।लि।का प्रबन्धक गंगा पौडेल, रातोखबर प्रा.लि.का प्रबन्ध निर्देशक भीम चापागाईको समेत उपस्थिति रहेको थियो । बैठकमा रातोबखर प्रा.लि.का सञ्चालक सदस्य अम्बीका चन्द र वर्गदृष्टि मिडियामा कार्यरत अनु निरौलाको उपस्थिति रहेको थियो ।