काठमाडौं । हाँक साप्ताहिकका सस्थापक प्रधान सम्पादक/ प्रकासक शोभाखर धनन्जय (सहिद सरोज शर्मा) को ३६ औं स्मृति दिवस सम्पन्न गरिएको छ । नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक सन्त बहादुर नेपालीको प्रमुख आतिथ्यतामा २०७९ भदौ ११ गते हाँक साप्ताहिकको प्रधान कार्यालय बागबजार काठमाडौंमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
स्मृति सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितीका संयोजक सन्त बहादुर नेपालिले क्रान्तिकारि बिचारको पक्षमा निरन्तर अडिग रहेर क्रान्तिपथमा लागिरहनु नै सहिद शोभाखर धनन्जय प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । सहिद सरोज शर्माले उचालेको झण्डालाइ आफुहरुले झुक्न नदिने प्रण पनि प्रमुख अतिथि नेपालीले सम्बोधनका क्रममा ब्यक्त गरे । सहिद शोभाखर धनन्जय प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै मन्तब्य दिनेहरुमा बरिष्ट बाम लेखक अपत्य शर्मा, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिकी उपाध्यक्ष सुर्या थापा, सचिवालय सदस्य नारायण सापकोटा, युवा बाम नेता राम बहादुर बुढा र समर रोयल लगायत रहेका थिए ।
हाँक साप्ताहिक सन्चालक समितिका सदस्य चिन्तामणी पौडेलको अध्यक्षता र राजमो जिल्ला समन्वय समिति काठमाडौंका सचिब टेकहरी न्यौपानेको सन्चालनमा अघि बढेको सो स्मृतिसभामा स्वागत मन्तव्य राजमो जिल्ला समन्वय समिति काठमाडौंका अध्यक्ष बलिभद्र शर्माले राखेका थिए । हाँक साप्ताहिकका कार्यकारी सम्पादक तथा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले स्मृतिसभामा सहिद शोभाखर धनन्जयले जनपक्षीय पत्रकारिता र राजनीतिको क्षेत्रमा पुर्याउनु भएको योगदानका बिषयमा चर्चा गर्दै सहिद सरोज शर्माको संक्षिप्त जीवनी वाचन गरेका थिए । शोभाखर धनन्जय लगायत ज्ञात अज्ञात सम्पुर्ण सहिदहरु प्रति १ मिनेट मौनधारण पश्चात् सहिद शोभाखर धनन्जयको फोटोमा पुष्प अर्पण गर्दै स्मृतिसभाको कार्यक्रम अघि बढाइएको थियो ।