संसद भवन अगाडि पाँच वाम दलको बिरोध प्रदर्शन र सभा

काठमाडौं । राष्ट्रियता र जनजीविकाका विविध समस्याहरुलाई लिएर बिगत लामो समयदेखि संयुक्त संघर्ष अगाडि बढाइरहेका पाँच वाम दलले २०७९ भदौ १६ गते संसद भवन अगाडि नयाँ बानेश्वर काठमाडौंमा बिरोध प्रदर्शन र सभा सम्पन्न गरेका छन् ।
विरोध सभालाई सम्बोधन गर्दै पाँच वाम दलका नेताहरुले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको लागि आन्दोलनमा उत्र्न जनतालाई आह्वान गरे । राष्ट्रघाती नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर आएमा त्यसले देशको अस्तित्वमै गम्भीर असर पु¥याउने भन्दै उनीहरुले उक्त राष्ट्रघाती विधेयकलाई प्रमाणीकरण नगरी नेपाली जनताको वास्तविक अभिभावक बन्न राष्ट्रपतिलाई अपिल समेत गरे ।
विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्ने नेताहरुमा नेकपा (क्रान्तिकारी – माओवादी) का स्थायी समिति सदस्य चन्द्रहरी सुवेदी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, नागरिकस्तरबाट गठित नागरिकता अध्ययन अभियान नेपालका संयोजक साध्य बहादुर भण्डारी, संयुक्त क्रान्तिकारी मोर्चा नेपालका प्रतिनिधि सुरेन्द्र ढकाल र नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि तथा राजमो काठमाडौं समन्वय समितिका अध्यक्ष बलिभद्र शर्मा रहेका थिए । विरोध सभाको संचालन नेकपा (बहुमत) का नेता कृष्ण धमलाले गरेका थिए । विरोध प्रदर्शनका क्रममा केहीबेर प्रहरी र आन्दोलनकारी बीच धकेलाधकेल चलेको थियो । प्रहरीको अवरोधलाई छिचोल्दै आन्दोलनकारीले बिरोध प्रदर्शन र सभा सफल पारेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित