सहिद शोभाखर धनञ्जय (सरोज शर्मा)को

३६ औं स्मृति दिवस सम्पन्न

काठमाडौं । हाँक साप्ताहिकका सस्थापक प्रधान सम्पादक÷ प्रकासक शोभाखर धनन्जय (सहिद सरोज शर्मा) को ३६ औं स्मृति दिवस हाँक साप्ताहिकको प्रधान कार्यालय काठमाडौं र शहिद शर्माको जन्मस्थान अर्घाखाँचीमा छुट्टाछुट्टै कार्यक्रम गरी सम्पन्न गरिएको छ । नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका  संयोजक सन्त बहादुर नेपालीको प्रमुख आतिथ्यतामा २०७९ भदौ ११ गते हाँक साप्ताहिकको प्रधान कार्यालय बागबजार काठमाडौंमा सहिद सरोज शर्माको ३६ औं स्मृति दिवस सम्पन्न गरिएको थियो ।

स्मृति सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितीका संयोजक सन्त बहादुर नेपालिले क्रान्तिकारि बिचारको पक्षमा निरन्तर अडिग रहेर क्रान्तिपथमा लागिरहनु नै सहिद शोभाखर धनन्जय प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । सहिद सरोज शर्माले उचालेको झण्डालाइ  आफुहरुले झुक्न नदिने प्रण पनि प्रमुख अतिथि नेपालीले सम्बोधनका क्रममा ब्यक्त गरे । स्मृति सभामा सहिद शोभाखर धनन्जय प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै मन्तब्य दिनेहरुमा बरिष्ट बाम लेखक अपत्य शर्मा, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिकी उपाध्यक्ष सुर्या थापा, सचिवालय सदस्य नारायण सापकोटा, युवा बाम नेता राम बहादुर बुढा र समर रोयल लगायत रहेका थिए ।

हाँक साप्ताहिक सन्चालक समितिका सदस्य चिन्तामणी पौडेलको अध्यक्षता र राजमो जिल्ला समन्वय समिति काठमाडौंका सचिब टेकहरी न्यौपानेको सन्चालनमा अघि बढेको सो स्मृतिसभामा स्वागत मन्तव्य  राजमो जिल्ला  समन्वय  समिति काठमाडौंका अध्यक्ष बलिभद्र शर्माले राखेका थिए । हाँक साप्ताहिकका कार्यकारी सम्पादक तथा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले स्मृतिसभामा सहिद शोभाखर धनन्जयले जनपक्षीय  पत्रकारिता र राजनीतिको क्षेत्रबाट देशको जनतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानका बिषयमा चर्चा गर्दै सहिद सरोज शर्माको संक्षिप्त जीवनी वाचन गरेका थिए । शोभाखर धनन्जय लगायत ज्ञात अज्ञात सम्पुर्ण सहिदहरु प्रति १ मिनेट मौनधारण पश्चात् सहिद शोभाखर धनन्जयको फोटोमा पुष्प अर्पण गर्दै स्मृतिसभाको कार्यक्रम अघि बढाइएको थियो ।

यसैबीच सहिद सरोज शर्माको ३६ औं  स्मृति दिवस उहाँको गृह जिल्ला अर्घाखाँचमिा पनि मनाइएको छ ।

नेकपा (मसाल) जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा २०७९ भाद्र ११ गते शोभाखर धनन्जय (सहिद सरोज शर्मा) को ३६ औं स्मृति दिवस सन्धिखर्कमा मनाईएको हो । अर्घाखाँची जिल्लामा हाँक साप्ताहिकका ब्यबस्थापक बुद्धिराम गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथ्यता नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि कृष्ण के.सी. को रहेको थियो । प्रमुख अतिथि केसीले कार्यक्रममा बोल्दै सहिद शोभाखर धनन्जयको इतिहास र क्रान्तिकारीपनको चर्चा गर्दा सहिद परिवारका आखाँबाट नथामिने गरी आँसु बगेका थिए भने  कार्यक्रममा सहभागी सबैका आँखा रसाएका थिए । प्रमुख अतिथि के .सीले  सम्बोधनका क्रममा सहिद र उनका परिवारलाई समेत सरकारमा बस्नेहरूले अपमान गरेको र कम्युनिष्ट नामधारीहरू समेतले  सहिदहरूलाई बिर्सिएको बताए । कार्यक्रममा बिशिस्ट अतिथि सहिद परिवारको सदस्य तथा त्याग र समर्पणकि प्रतिमूर्ती यमुना भुसालले मन्तब्य राख्दै सबै सरकारसँग सहिद घोषणाको माग राखे पनि अहिलेसम्म राज्यको तर्फबाट सहिद घोषणा नभएको बताइन । कार्यक्रममा सहिदका सहोदर भाइ गिरिराज भुसाल, छोरी द्वय ईन्दिरा भूसाल र श्रृजना भुसालको विशेष आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र)  जिल्ला समन्वय समितिका सदस्य कृष्णहरि भुसाल, नेकपा (एकीकृत समाजवादी) का कार्यालय सचिव नारायण भुसाल, नेकपा (क्रान्तिकारी माओवादी) का अशोक थापा, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष बिरेन्द्र के. सी., लुम्बिनी बाङ्गमय प्रतिष्ठानका साहित्यकार चोपनारायण  बन्जाडेले सहिदहरू ओझेलमा परेको उनीहरूको नाम बेचेर कतिपय ब्यक्ति र संस्थाले  दुनो सोझाउने निकीष्ट  काम गरेको बताएका थिए ।

सहिद टंक भुसालकि धर्म पत्नी सरस्वता भुसालले कार्यक्रममा मन्तव्य राख्दै अरूको निमेक गरेर बाच्नु परेको दर्दनाक ब्यथा सुनाएकी थिइन । कार्यक्रममा सहिदप्रति श्रद्धा सुमन ब्यक्त गर्दै मौनधारणा र तस्बिरमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य बुद्धिजीवी नरेन्द्र बहादुर थापा र सन्चालन राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रतिनिधि कमलप्रसाद भुसालले गरेका थिए ।

सहिद सरोज शर्माको जन्म २००१ असार ५ मा अर्घाखाँचीको साविक किमडाँडा ९ (हाल सन्धिखर्क नगरपालिकाको वडा नं २) कुरमा भएको  थियो । उहाँ तत्कालिन नेकपा (मसाल) को नेता हुनुहुन्थ्यो । उहाँ २०४० सालमा अहिले प्रकाशन हुँदै आएको हाँक पत्रिकाको सम्पादक र प्रकाशकका साथै सिन्धुपाल्चोकमा रहेर शिक्षण पेशामा गर्नु हुनुहुन्थ्यो । जब नेपालमा रामराजा प्रसाद सिंहले काठमाडौ लगायत देशका विभिन्न ठाउँमा बम पड्काए उहाँलाई तत्कालिन सरकारले पक्राउ पूर्जी जारी गर्याे । उहाँ त्यसपछि भारत जानु भयो र प्रवासमा रहेर पत्रकारिता गर्नुभयो । त्यसताक उहाँ नेपाली एकताको सह सम्पादक हुनुहुन्थ्यो । त्यहाँ  पत्रिका बितरण गर्न गएको बेला गुप्तचर लगाएर उहाँलाई  रहस्यात्मक ढंगले २०४३ भदौ ११ गते भारतको दिल्ली स्थित  बेलारोडमा हत्या गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित