असार २८ काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासकोे मत लिन प्रतिनिधिसभामा प्रश्ताव पेश गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २० बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका हुन्। प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।
संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेका हुन । विश्वासको मत मागे पनि प्रधानमन्त्रीको पक्षमा सांसदको संख्या भने निकै कम रहेको छ ।