रात्रीकालीन बस संचालनमा रोक

असार २८ काठमाण्डौ । नेपाल सरकार गृह मन्त्रालयमा गृह सचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवालासंगको छलफलले रात्रीकालीन बस संचालनमा रोक लगाउने निर्णय गरेको छ । मौसम पूर्वानुमान महाशाखाले रेड एडभाईजरी जारी गरेका जिल्लाहरुमा रात्रीकालीन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो । काठमाण्डौबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौ आउँदै गरेको एण्जल बस २८ असार बिहान नारायण गढ मुग्लिन सडक खण्डको सिमलतालमा लेदोसहित आएको पहिरोले बगाएपछि गृहमन्त्रालयले सो निर्णय गरेको हो । रात्रीकालीन बस सेवा सन्चालनमा रोक लगाउने गृहमन्त्रालयको निर्णयको पक्ष विपक्षमा सकरात्मक नकरात्मक प्रतिक्रियाहरु आईरहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित