काठमाडौं । बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई नियमानुसार लाइनमा बस्न आग्रह गर्दा हिरासतमा पुगेका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७९ भदौ २० गते दिउस गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएपछि सोही दिन साझ उनी रिहा भएका हुन । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं बाट आएको प्रतिवेदनका आधारमा साधारण तारेखमा छाड्न आदेश दिइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्मरणरहोस १७ भदौका दिन काठमाडौंको छायाँ सेन्टरस्थित भिसा सेन्टरमा पुगेका मन्त्री श्रेष्ठलाई त्याहाका सुरक्षा गार्ड रहेका शेरजङ्ग गुरुङले लाइनमा बसि आफ्नो पालो आएपछि मात्र अघि जान आग्रह गरेका थिए । तर मन्त्री जस्तो ब्यक्तिलाई लाइनमा बस्न लगाउँदा श्रेष्ठले आफ्नो अपमान भएको ठाने । आफ्नो सत्ता शक्तिको दुरुपयोग गरि मन्त्री श्रेष्ठले इमानदारीतापुर्वक आफ्नो डिउटी निभाइरहेका सुरक्षागार्ड गुरुङ्गलाई आफू माथि दुव्र्यवहार गरेको भन्दै हिरासतमा पु¥याएका थिए । गुरुङ्ग माथी अभद्रव्यवहार कसूरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।
सत्ता शक्तिको प्रयोग गरेर एक इमान्दार सुरक्षागार्डलाई हिरासतमा पुर्याउने मन्त्री श्रेष्ठको उक्त कार्यको जनस्तरबाट चर्को आलोचना भएको थियो । उक्त घटनाले पाँच दलिय गठबन्धन सत्ता शक्तिको आडमा कतिसम्म निच काम नि गर्न सक्दोरहेछ भन्ने थप प्रष्ट भएको थियो । चौतर्फ रुप बाट आलोचनाको वर्षा भएपछि अन्ततः गृहमन्त्री बालकृष्ण खाँणले २० भदौका दिननै प्रक्रिया पूरा गरेर गुरुङ्गलाई रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । मन्त्री खाणको सोही निर्देशन पछि गुरुङ्ग २० भदौको साझ रिहा भएका हुन ।