कावासोतीमा नगर एकता अधिवेशन सम्पन्न

नवलपुर   क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपाल नवलपुर जिल्ला अन्तरगत कावासोती नगरको नगर एकता अधिवेशन २०८१ श्रावण ६ गते भव्यताका साथ सम्पन्न भएको छ ।रक्तिम हर्केको सञ्चालन तथा सितलको अध्यक्षता शहिदहरुको सम्मानमा १मिनेट मौन धारणपछिका.दुर्गा अधिकारीको स्वागतमा कार्यक्रम अगाडि बढेको थियो । केन्द्रीय सचिवालय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज अनुकूलले प्रतिक्रियावादी जन विरोधी भ्रष्ट सरकार गठनबारे एवं देशको समसामयिक विषय, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्माण तथा पार्टी एकताको महत्वबारे प्रकाश पार्दै व्यानर पढेर नगर एकता अधिवेशनको उद्घाटन गरेका थिए । मिलनले केन्द्रीय सर्कुलर वाचन गरेका थिए ।केन्द्रीय सदस्य तथा जिल्ला संयोजक , दिपकले ,सितल संयोजक तथा रक्तिम हर्के सह संयोजक रहेको ३१ सदस्यीय कावासोती नगर संगठन समितिको घोषणा गरेका छन् ।
नयाँ संगठन समितिको घोषणा पश्चात् विशाल के.स,न्युजर्ज ,प्रताप र जोशी जिल्ला सह संयोजक तथा परिवर्तनले एकता अधिवेशन सफलताको शुभकामना तथा निर्वाचित समितिलाई बधाई दिएका थिए । अन्त्यमा अध्यक्षले पार्टीले दिएको जिम्मेवारीलाई कडाइकासाथ पालन गरेर देखाउने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रमको समापन गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित