प्यालेष्टाइनमाथिको आक्रमणविरुद्ध प्रदर्शन हुँदै

काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी मार्चा नेपालको आयोजनामा २०८१ साउन १३ गते जुलाई २८ ,२०२४का दिन काठमाण्डौको माईतीघर मण्डलामा दिनको १ बजे गाजामा जातीय नरसंहार विरुद्धमा प्यालेष्टाईनी जनताको पक्षमा ऐक्यबद्धता प्रदर्शन हुने भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य परी थापा लगायत नेताहरुको संबोधन रहने संयोजक सन्तबहादुर नेपालीले हाँक टुडेलाई जानकारी दिएका छन् । प्यालेष्टाइनमाथि इजरायलले अमेरिकी सहयोगमा गत वर्षको अक्टोबरदेखि आक्रमण जारी राखेको छ । आक्रमणमा परी ३८हजार भन्दामाथिको ज्यान गइसकेको छ । लाखौं विस्थापन भएका छन् ।झण्डै लाखको संख्यामा घाईते हुन पुगेका छन् ।मारिनेहरुमा अधिकांश महिला, बालबालिका केटाकेटी रहेका छन् । भौतिक संरचना ध्वस्त भएका छन् । सर्वसाधारणहरु मानवीय सहायताको अभावमा तड्पिएका छन् । प्यालेष्टाईनमाथिको आक्रमण रोक्नुपर्ने माग र आवाजलाई इजरायलले वेवास्ता गर्दै युद्ध जारी राखेको छ ।
यस अवस्थामा प्यालेष्टाइनी जनतामाथिको जातीय नरसंहारको विरोधमा तथा प्यालेष्टाइनी जनताको राष्ट्रिय मुक्तिको पक्षमा राष्ट्रिय क्रान्तिकारी मोर्चाले प्रदर्शन कार्यक्रम गर्ने जनाएको छ ।कार्यक्रममा सहभागी हुन मोर्चाले सबैमा अनुरोध समेत गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित