काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रघाती नागरिकता विधेयक अस्वीकार गर्ने स्पष्ट संकेत दिएकी छिन । राष्ट्रपति भण्डारीले “आफू राष्ट्रहितका बिरुद्दमा जान नसक्ने” बताएकी छिन । पाँच दलिय गठबन्धनको जनघात र राष्ट्रघाती कार्यहरुका बिरुद्ध बिगत लामो समयदेखि सडक संघर्ष अगाडि बढाइरहेको पाँच वाम दलका नेताहरुसँगको शिष्टचार भेटमा राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन । राष्ट्रपति भण्डारीको उक्त भनाइले देशभक्त नेपालीहरुलाई हर्षित तुल्याएको छ भने लेण्डुपमार्गका अनुयायी पाँच दलीय गठबन्धनका नेताहरु आक्रोशित बन्न पुगेका छन ।
पाँच वाम दलहरुले पछिल्लो समयमा राष्ट्रघाती नागरिकता विधेयक खारेजीलाई मुख्य माग गराएर सडक संघर्ष अगाडि बढाइरहेका छन । देशभक्त नेपाली जनताको निरन्तरको खबरदारीका बाबजुद पनि पाँच दलीय गठबन्धनले, अधिनायकवादी शैलीमा दुबै संसदबाट पुनः पारित गराइ राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पु¥याएकै बेला पाँच वाम दलको टोली राष्ट्रपतिसँग शिष्टचार भेटका लागि २०७९ भदौ २२ गते राष्ट्रपतिको कार्यालय शितल निवाश पुगेको थियो । उक्त टोलीसँगको भेटमा राष्ट्रपतिले “आफू राष्ट्रहित भन्दा बाहिर नजाने” बताएकी थिइन । “मैले देश र जनताको हितमा जे गर्नु पर्छ त्यही गर्नेछु ।” – राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ उदृत गर्दै राष्ट्रपतिसँग शिष्टचार भेटको लागि गएको पाँच वाम दलको टोलिमा सहभागी एक नेताले भने – “राष्ट्रको हित बाहेक मबाट अरु केही हुने छैन ।”
पाँच वाम दलको उक्त टोलीले सो शिष्टचार भेटका अवसरमा राष्ट्रपतिलाई राष्ट्रको हित बिपरित रहेको राष्ट्रघाती नागरिकता बिधेयक पुनः संसदमै फिर्ता पठाउन ध्यानाकर्षण समेत गराएको थियो । “हामीले पहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी १५ बुंदे सन्देस सहित संसदमा फिर्ता पठाउनु भएकोमा राष्ट्रपतिलाई हार्दिक धन्यवाद ब्यक्त गर्यौ ।” – शिष्टचार भेटमा सहभागी नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितीका संयोजक सन्त बहादुर नेपालीले भने – “पाँच दलीय गठबन्धनले आफ्नो बहुमतको आडमा राष्ट्रपतिले दिनु भएको १५ बुदे सन्देसलाई समेत लत्याएर अधिनायकवादी शैलीमा दुबै सदनबाट राष्ट्रघाती नागरिकता विधेयकलाई पुनः पारित गर्नु त्यो राष्ट्रपति पदको समेत घोर अपमान गरेको हाम्रो निष्कर्ष रहेको पनि हामिले राष्ट्रपतिलाई अवगत गरायांै । हाम्रो कुरा सुनिसकेपछि राष्ट्रपतिले आफू राष्ट्रहित भन्दा बाहिर नजाने वचनबद्धता ब्यक्त गर्नु भयो ।”
राष्ट्रपति बिद्यादेबी भण्डारीलाई राष्ट्रघाती नागरिकता बिधेयकबारे ध्यानाकर्षण गराउन शिष्टचार भेटका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेको पाँच वाम दलको प्रतिनिधि मण्डलमा नेकपा (मसाल) विशेष महाधिवेसन आयोजक समितिका संयोजक सन्त बहादुर नेपाली र प्रतिनिधि चिन्तामणी पौडेल, नेकपा( क्रान्तिकारी – माओवादी) का हरिभक्त कंडेल र चन्द्रहरी सुवेदी, नेकपा (बहुमत)का गुणराज लोहनी र दिपक चलाउने, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी र महेन्द्र जोशि र संयुक्त क्रान्तिकारी मोर्चा नेपालका प्रतिनिधि नारायण शर्मा र सुवास काफ्ले सहभागी रहेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रघाती नागरिकता विधेयक अस्विकार गर्ने सङ्केत पाएपछि सत्तारुढ पाँच दलिय गठबन्धन भने रिसले चुर हुन थालेको छ ।
पाँच दलीय गठबन्धनका नेताहरुले “राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरे देश गम्भीर सङ्कटमा फस्ने “चेतावनी उनीहरुले दिन थालेका छन । सत्तारुढ नेपाली काङ्ग्रेसको विद्यार्थी मोर्चा नेपाल विद्यार्थी संघले त सडकमै उत्रिएर राष्ट्रपतिका विरुद्ध नाराबाजी र पुत्ला दहन गरेको छ ।
पाँच दलीय गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेर बहादुर देउवा बिच भेटवार्ता भए लगत्तै २०७९ भदौ २२ गते दिउँसो त्रिचन्द्र क्याम्पस अगाडि नेवीसंघले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्दै विरोध प्रर्दशन गरेको थियो । त्यस क्रममा केही प्रहरी र आन्दोलनकारी समेत घाइते भएका थिए ।