साउन १५ दाङ । नेपाल कम्युनिष्ट पार्टी (मशाल) र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तुलसीपुर संगठन समितिबीच एकता अधिवेशन सम्पन्न भएको छ । २०८१ साउन १५ गते एकता अधिवेशन सम्पन्न भएको हो । दीपको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न एकता अधिवेशनको प्रमुख अतिथि केन्द्रीय सदस्य सरल तथा विशिष्ट अतिथि केन्द्रीय सदस्य चिन्तन र अतिथिहरु केन्द्रीय सदस्य हिमाल रहेका थिए । शहिदहरुप्रति १ मिनेट मौनधारण पछि उपस्थित सबैलाई स्वागत केन्द्रीय सदस्य हिमालले गरेका थिए । शहिदहरुप्रति १मिनेट प्रमुख अतिथि तथा अतिथिको मन्तव्य पछि नगर इन्चार्ज सित्तलले १४ पूर्ण र ३ रिक्त रहेको १७ सदस्सीय समितिको प्यानल प्रश्तुत गरेका थिए । जसमा संयोजक दीप र सह संयोजक पहाड रहेका छन् ।
Comments