संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति

काठमाण्डौ साउन १७ । लामो समयदेखि छलफलमा रहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका विवादित विषयहरुमा कार्यदलको बीचमा सहमति भएको छ । सिंहदरबारमा बसेको कार्यदलको बैठकले शान्तिप्रक्रियाको कामलाई टुङग्याउन विधेयकमा रहेका विवादित विषयहरुमा सहमति गरेको हो । द्वन्द्वका समयमा मारिएका सुरक्षाकर्मीको परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने , बर्हिगमनमा परेका लडाकुलाई परिपूरणको व्यवस्था गर्ने ,नियतपूर्वक हत्या गरिएकालाई हत्या कै रुपमा परिभाषित गर्ने , क्षमादानकालागि पीडितको सहमति आवश्यक हुने लगायतका विषयमा सहमति भएको छ । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुट्न सकिरहेको थिएन ।यो विधेयक संसदमा विचाराधीन रहेको छ । कार्यदलले चाँडै नै तीन दल नेपाली काङग्रेस , नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने छ । यही चालू संसदबाट नै विधेयक पारित हुनेमा कार्यदल रहेको छ । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटन नसकेपछि कार्यदल गठन भएको थियो । गठित कार्यदलमा नेपाली कांग्रेसका रमेश लेखक , नेकपा एमालेका तर्फबाट महेश बतौला , माओवादी केन्द्रका जनार्दन शर्मा रहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित