काठमाण्डौ । गत बुधबारमा इरानको राजधानी तेहरानमा आफ्नो सुरक्षा गार्ड सहित मारिएका हमासका उच्च नेता इसमाइल हनियाको कतारको राजधानी दोहा नजिकैको घाटमा अन्त्यष्टि गरिएको छ । अन्त्यष्टिमा हज्जारौं समर्थकहरुको उपस्थिति रहेको थियो ।कडा सुरक्षा व्यवस्थाको बीचमा उनको अन्तिम संस्कार गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
उनको इरानको राजधानी तेहरानमा एक गेष्ट हाउसमा हत्या गरिएको थियो । हत्याको जिम्मा आजसम्म कसैले लिएका छैनन् । हमासले इजरायलले उनको हत्या गरेको बताएको छ ।उनको हत्या पछि मध्यपूर्वमा थप तनाव हुनेमा सबै चिन्तित रहेका छन् । गत अक्टोबर सातमा इजरायलमाथि हमासको आक्रमण पछि इजरायलले हमास विरुद्ध भन्दै प्यालेष्टाइनमा निरन्तररुपले आक्रमण जारी राखेको छ ।दिनहुँ मारिने प्यालेष्टाइनीहरुको संख्या बढिरहेको छ ।प्रकाशित भएअनुसार ४०हजार जतिको मारिनेको आँकडा सार्वजनिक भएको छ ।लाखौं विस्थापित भएकाछन् । ९१ हजार भन्दा बढि घाइते भएका छन् । मारिनेहरुमा अधकांश महिला, बालबालिका, केटाकेटी रहेका छन् । हज्जारौंको संख्यामा भग्नावशेषका रहेका बताईन्छ । विश्वले गरेको शान्तिको प्रयास असफल भैरहेको छ ।अन्तिम संस्कारमा सहभागीहरुले प्यालेष्टाइनीको कही सुरक्षा नभएको बताएका छन् । उनीहरुले प्यालेष्टाइनमाथि जातीय नरसंहारकारीले क्रुर दमन गरिरहँदा पनि विश्वमा रहेका संघ संस्थाहरुको कुनै काम नरहेको बताएका छन्। साथै उनीहरुले स्वतन्त्र प्यालेष्टाइनको पक्षमा आफूहरु लागिरहने पनि बताएका छन् ।
इसमाइल हनियाको कतारमा अन्त्यष्टि
Comments