नेकपा (मसाल) अर्घाखाँचीको नेतृत्वमा विद्रोही

सन्धिखर्क । नेकपा (मसाल) अर्घाखाँची जिल्ला समितिको नेतृत्वमा कमरेड विद्रोही निर्वाचित भएका छन् । विद्रोहीको नेतृतवमा नेकपा (मसाल) अर्घाखाँचीको नयाँ जिल्ला समिति निर्वाचित गरिएको छ । नेकपा (मसाल) जिल्ला समन्वय समिति अर्घाखाँचीको २०७९ भदौ २४ र २५ गते सम्पन्न १२ औं जिल्ला सम्मेलनले सो समिति निर्वाचित गरेको हो । नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपालीको प्रमुख आतिथ्यता सम्पन्न सो सम्मेलनले ११ जिल्ला सम्मेलनबाट निर्वाचित गरेको नेकपा (मसाल) अर्घाखाँची जिल्ला समितिलाई खारेज गरेको छ ।

सम्मेलन पश्चात सेक्रेटरी विद्रोहीले एक प्रेस विज्ञप्ती जारी गर्दै सम्मेलनले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन् । सेक्रेटरी विद्रोहीद्वारा २०७९ भदौ २६ गते जारी उक्त विज्ञप्तीमा अगाडि भनिएको छ–“ने.क.पा (मसाल) जिल्ला समन्वय समिति अर्घाखाँची को १२ औ जिल्ला समेलन सम्पन्न भएको छ । सम्मेलनले गरेका निर्णयहरुको जानकारी का लागि यो वक्तव्य जारी गरिएको छ ।

१. ने.क.पा (मसाल) जिल्ला समन्वय समिति अर्घाखाँची को १२ औ जिल्ला सम्मेलन २०७९ भाद्र २४ र २५ गतेका दिन भव्य  एवं सानदार रुपमा सम्पन्न भएको छ । सर्व प्रथम नौलो जनवाद, समाजवाद र साम्यवाद प्राप्तिका लागि सहादत प्राप्त गर्नु हने विर सहिद क. टक प्रसाद भूसाल, शोभाकर धन्नजय (सरोज शर्मा) लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण गर्दै उहाँहरुको सपना पूरा गर्ने संकल्प गरिएको थियो । सम्मेलन कक्षमा अन्तर्राष्ट्रिय गीतले हल गुन्जयमान भएको थियो । सम्मेलनमा उपिस्थीत कमरेडहरुलाई क. अविरामले शब्दबाट स्वागत गर्नु भए पछि १२ औ सम्मेलनको विशेष महादिवेसन आयोजक समितिका संयोजक क.सन्त बहादुर नेपालीले मसाल बालेर उदघाटन गर्नु भएको थियो साथै क. बिकास क. लेखक क. विद्रोहि क. बलाराम क.हिमाल ले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमको सञ्चालन क.विश्व र अध्यक्षता क.राजेन्द्रले गर्नु भएको थियो ।

२. लामो समयसम्म चलेको पार्टीभित्रको अन्तर विरोध, पार्टीले लिएको ८ औं महाधिवेशनबाट दक्षिणपन्थि कार्यदिशालाई सच्याउन पटक पटक कोशिश गरियो विशेष महाधिवेशन समेत माग गरीएको थियो । तर नेतृत्वले त्यी सबैको अवमूल्यन गरी नेता कार्यकर्ताहरुलाई कारवाही गर्ने स्वच्छाचारी प्रधिकारवादी प्रवृतिको नेतृत्व र नीतिको विरुद विद्रोह गर्दै दक्षिणपन्थी अवसरवादी बाटो समातेको ११ औ जिल्ला सम्म्लनले निर्वाचित गरेको ने.क.पा ( मसाल) जिल्ला समिति अर्घाखाँचीलाई खारेज गर्दै १२ औ जिल्ला सम्मेलनले क.विद्रोहीको नेतृत्वमा ने.क.पा (मसाल) जिल्ला समिति अर्घाखाँची निर्वाचीत गरेको छ ।

३. सम्मेलनमा क.राजेन्द्र द्वरा प्रस्तुत राजनैतिक सांगठनिक र आगामी कार्यक्रम सम्वन्धि प्रस्तावमाथि व्यापक छलफल पछी सर्वसम्मतिले पास गरेको थियो ।

४. क. अरुणा, क.आकाश, क.विकाश ३ जना को निर्वाचन आयोगले जनवादी केन्द्रियता को भरपूर प्रयोग गरी जिल्ला समितिको निर्वाचन प्रकृयालाई पुरा गरेको छ ।

१२ औ जिल्ला सम्मेलनले आगामी कार्यक्रम सम्बन्धि व्यापक छलफल पछि निम्नानुसारको निर्णय गरेको छ ।

(क) विभिन्न छ्द्मभेषि अवसरवादी पार्टीहरुले कम्यूनिष्ट आनदोलनलाई देशी वा विदेशी शक्ति

केन्द्र वा ब्यक्तिगत स्वार्थका लागि उपयोग गरेकाले कम्युनिष्ट आन्दोलन प्रति जनतामा रहेको वितृष्णा वा भ्रम त्यसलाई चिर्नका लागि सैद्धान्तिक वा वैचारिक सचेतना र जागरणको कार्यक्रम सञ्चालन गर्ने ।

(ख)समाजमा रहेको विभिन्न भेदभाव अन्याय अत्याचार शोषण दमनको विरुद्ध वर्ग संघर्षको उठान गर्दै कम्युनिष्ट पार्टीको आधारभूत वर्गलाई संगठित गर्ने ।

(ग) पाँच दलीय गठबन्धनको सरकारले साम्राज्यवाद वा विस्तारवादसंग आत्मसमर्पण गरी    राष्ट्रघाती एमसिसि र एसपीपी सम्झौता साथै भारतीय विस्तारवादले नेपाललाई फिजी वा सिक्किमीकरण गर्ने प्रकृतिको राष्ट्रघाती नागरीकता विधेयकलाई सदनबाट पास गरेकोले त्यी विधेक खारेजीका लागि आन्दोलन गर्ने ।  

(घ) नेपालको केन्द्र वा स्थानीय सरकार वा विभिन्न संघ संस्थाद्वारा विकास निर्माणका नाममा गरिने भ्रष्टाचार वा अनियमिता रोक्नका लागि जनतालाई सचेत बनाउँदै खबरदारी आन्दोलन गर्ने ।

(ङ)  पर्यावरण एवं संरक्षण गर्न पर्यटकीय वा पुरात्ताविक संरचनाहरुको दुरुपयोग हुन नदिन पहलकदमी गर्ने ।

(च) कृषि क्षेत्रलाई समुन्नत र आत्मनिर्भर बनाउन व्यवसायीकरण गर्ने राहत वा अनुदानको नाममा पक्षपात भेदभावपूर्ण व्यवहारलाई रोक्न पहल गर्ने ।

(छ)  शिक्षा स्वास्थ्यमा भैरहेको निजीकरण र व्यवसायीकरणका कारण भएको विकृति र लापरवाहीलाई रोक्न पहल गर्ने ।

यो संसदीय व्यवस्था अफापसिद्ध भैसकेकोले यसको विकल्पमा नौलो जनवादी व्यवस्था स्थापनाको लागि आधार तयार पार्न व्यापक प्रचार प्रसार र आन्दोलनलाई संगठित गर्न निरन्तरता दिने ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित