काठमाडौं । निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नियुक्त गरेका कानुनी सल्लाहकारमाथि प्रश्न उठाएका छन् । मेयर बालेनले केही समय अघि वरिष्ठ अधिवक्ता ओमप्रकाश शर्मालाई कानुनी सल्लाहकारमा नियुक्त गरेका थिए ।
अर्यालको चरित्र ठिक नभएको भन्दै उनलाई सल्लाहकारमा नियुक्त गर्नु ठीक नभएको चोलेन्द्रको भनाइ रहेको छ ।
‘ओमप्रकाश अर्याललाई काठमाण्डु महानगरपालिकाका मेयर बालेनजीले कानुनी सल्लाहाकारमा नियुक्त गर्नुभएको पत्रिकामा पढें’, चोलेन्द्रको भनाई थियो । ओमप्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ, नोट होस् ।’
अर्याल पत्नी पुनवेदी महर्जनलाई बार एसोसिएसनका अध्यक्ष चण्डेश्वरजी श्रेष्ठले दुईपटकसम्म न्यायाधीश नियुक्तिको सिफारिस गरे पनि आफूले अस्वीकार गरेको राणाले बताए ।
आफूले श्रीमतीलाई न्यायाधीश नियुक्त गर्न इन्कार गरेपछि अर्याल आफूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा दर्ता गर्न गएको टिप्पणी उनले गरे । आफूमाथि लागेको महाअभियोगबारे सोधिएको प्श्नहरको संसदीय समितिमा जवाफ दिने क्रममा २६ भदौका दिन चोलेन्द्रले सो टिप्पणी गरेका थिए ।