पाकिस्तानमा पठाइयो नेपालबाट राहत सामाग्री

काठमाडौं । पाकिस्तानका बाढी पिडितलाई नेपाल सरकारले औषधि सहितको राहत सामाग्री पठाएको छ । २०७९ भदौ २८ गते औषधि सहितको २२ टन भन्दा बढी राहत सामाग्री लिएर नेपाल एयरलाइन्सको ३३० विमान पाकिस्तानको कराँचीतर्फ लागेको छ  । नेपाल सरकारले  पाकिस्तानका बाढी पीडितलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराउने  निर्णय गरे बमोजिम सो राहत सामाग्री कराँची तर्फ पठाइएको हो ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल नेतृत्वको नेपाली टोली राहत सामाग्री लिएर पाकिस्तान तर्फ लागेको हो । टोलीले कराँची पुगी औषधि सहितको उक्त २२ टन भन्दा बढी राहत सामाग्री पाकिस्तान सरकारलाई हस्तान्तरण गर्ने छ ।

यस अघि नेपाल सरकार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले २०७९ भदौ २७ गते  एक विज्ञप्ति जारी गरी पाकिस्तानमा बाढीबाट ठूलो धनजनको क्षति भएकाले राहतस्वरुप नेपाल सरकारले सहयोग सामाग्री उपलब्ध गराउने  निर्णय गरेको बताएका थिए । जारी बिग्यप्तीमा जनाइए अनुसार २०७९ भदौ २१ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार पाकिस्तानका बाढी पीडितलाई उक्त सहयोग गरिएको हो । पाकिस्तानमा आएको बाढीको चपेटामा परी मृत्यु हुनेप्रति नेपाल सरकारले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको पनि विज्ञप्तीमा उल्लेख छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित