देउवा, दाहाल  र ओलीसँग चिनियाँ नेता लिको भेटवार्ता

काठमाडौं ।  नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सले नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपि शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग भेटवार्ता गरेका छन । चिनियाँ नेता लिले २०७९ भदौ २८ गते ती नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले २८ भदौको अपराह्न शिष्टाचार भेटवार्ता गरेका थिए । प्रमुख प्रतिपक्षी  एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीसँग लि नेतृत्वको चिनियाँ टोलीले नयाँ बानेश्वरस्थित संसद भवनमा २८ भदौको बिहान भेटवार्ता गरेको थियो । भेटमा एमालेका सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताहरु पनि सहभागी रहेका थिए ।

यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकांग्रेस अध्यक्ष ली चान्सबीच पनि २८ भदौको बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा भेटवार्ता भएको थियो । भेटमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ लगायतका नेताहरु सहभागी रहेका थिए । दुई पक्षीय भेटमा विभिन्न विषयमा छलफल भएको बताइएको छ । लि नेतृत्वको चिनियाँ टोली २०७९ भदौ २७ देखि ३ दिने नेपाल भ्रमणमा रहेको छ । लीले २८ भदौको बिहान नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि भेटवार्ता गरेका थिए ।

नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले अब भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । अध्यक्ष लीको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चिनियाँ टोली ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली नेतृत्वको चिनियाँ टोली तीन दिने नेपाल भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित