रक्तिमको चौथो भेला सम्पन्न

बेंगलोर । अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिणनगर अन्तर्गतको रक्तिम सांस्कृतिक अभियानको चौथो भेला १७÷११, २०२२ का दिन दक्षिण बेंगलोरको जेसीरोडमा सम्पन्न भएको छ । एकता समाजका केन्द्रीय सचिव तथा रक्तिम विभागका संयोजक रामसिंह वि.क.को प्रमुख आतिथ्यता र एकता समाजकका केन्द्रीय नेता धर्म रामको विशेष आतिथ्यतामा सम्पन्न सो भेलाले करण दयालको अध्यक्षतामा ११ पूर्ण ७ सल्लाहकार र ३ सहयोगी सदस्य रहेको रक्तिम सांस्कृतिक अभियान बेंगलोर दक्षिणनगर समिति चयन गरेको छ ।

गठित समितिको सचिव विन्दु वि.क., कोषाध्यक्ष कुमारी सरिता वि.क. र सदस्यहरुमा सन्तोष वि.क., दिपक बयानी, नविना दयाल, पुष्पा दयाल, ज्योति कुमारी वि.क., माया दयाल, करिष्मा दयाल र आशा वि.क. रहेका छन् । समितिको सल्लाहकार सदस्यहरुमा रामसिंह वि.क., गणेश वि.क.,, आरती वि.क., योगिता वि.क., कविता कुमारी वि.क., अनिता टमोटा र पुजा वि.क. रहेका छन् । यस्तै समितिका सहयोगी सिनियर सदस्यहरुमा मीना वि.क., कलावती दयाल र द्रोपति वि.क रहेका छन् ।

भेलाको कार्यक्रम नविना दयालको अध्यक्षता र गणेश वि.क.को संचालनमा अघि बढेको थियो । ज्ञातअज्ञात शहीदहरुप्रति १ मिनेट मौन धारण गर्दै भेलाको कार्यक्रम अघि बढाइएको थियो । भेलामा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा बेंगलोर दक्षिणनगर समितिका अध्यक्ष किसनबहादुर वि.क., केन्द्रीय सल्लाहकार शेरबहादुर दयाल, बैकल्पिक केन्द्रीय सदस्य तथा रक्रिम विभागका गणेश वि.क., इलाहवाद नगर समितिका सदस्य हरेन्द्रनाथ, विद्यार्थी मोर्चाका केन्द्रीय सदस्यहरु प्रकाश दयाल र प्रतिभा वि.क., महिला विभागकी क्षेत्रीय सदस्यहरु मिना विक. र कलावती दयाल, महिला नगर विभागकी अध्यक्ष ज्ञानपति विक., विद्यार्थी क्षेत्रीय विभागकी कमला विक., उत्तर बेंगलोर नगर समितिका कृष्ण परियार र दक्षिण बेंगलोरका सदस्य हरिस वि.क. लगायतको आतिथ्यता रहेको थियो ।

भेलामा स्वागत मन्तव्य दिपक बयाललिे राखेका थिए भने रक्तिमका कलाकारहरले स्वागत गीत प्रस्तुत गरेका थिए । भेलामा रक्तिमका पुराना कलाकार गणेश विक.ले “सफल पारौं रक्तिमको भेला” बोलको नयाँ गीत प्रस्तुत गरेका थिए । भेलाको उद्घाटन प्रमुख अतिथि रामसिंह विकले गरेका थिए भने नवनिर्वाचित समितिलाई विशेष अतिथि धर्मरामले बधाइ दिएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित