रहेनन् कम्युनिस्ट नेता थमन बुढा

काठमाडौं । लामो समयदेखि कम्युनिस्ट आन्दोलन र नेपालको जनजाति आन्दोलनमा विभिन्न तहमा क्रियाशील रही आएका प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ४ गोठीवाङका थमन बुढाको २०७९ मंसिर २० गतेका दिन असामयिक निधन भएको छ । बुबा थानबहादुर बुढा र आमा पद्मादेवी बुढाको सन्तानको रुपमा उनको जन्म २००१ असोज १५ गते भएको थियो । मृतक बुढा लामो समयदेखि ढाड दुख्ने विमारीसँग लडिरहेका थिए ।

जीवनकालभरी, सामाजिक तथा राजनीतिक आन्दोलनमा रहेका उनी २०२२ सालदेखि गोठीबाङको गंगेश्वरी प्रा.विमा शिक्षण गरेका उनी २०२५ साल वैशाखदेखि प्रअ भै काम गरेर प्यूठानको माडीखोलामा शिक्षाको ज्योति बाल्ने काम गरेका थिए । २०३४ सालमा त्यतिबेलाको नेकपा चौथो महाधिवेशनले देशव्यापी रुपमा राजतन्त्रको विरोध गर्दै गणतन्त्रको पक्षमा पर्चा वितरण गरेको थियो । उक्त पर्चा काण्डमा उनलाई तत्कालिन पंचायती व्यवस्थाले राजकाज अपराध सजाय ऐन अन्तर्गत २०३४ भदौ ७ गते जिल्ला प्रहरी कार्यालय प्यूठानले हिरासतमा राख्ने थुनुवा पुर्जी दिएको थियो । त्यसपछि अञ्चलाधीश कार्यालय दाङ पु¥याइयो । त्यहाँबाट फेरि ‘ख” श्रेणीको सीधा खान पाउने गरी सल्यान चलान गरेको थियो भने २०३५ साल असार २८ गते सल्यान कारागारले छुटकारा पुर्जी दिएको थियो ।

२०४९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (मसाल) समर्थित अखिल नेपाल किसान संघको तर्फबाट वडा सदस्य बनेका उनी २०५४ सालको स्थानीय निर्वाचनमा उम्मेदवार र २०६४,२०७० र २०७४ सालको केन्द्रीय संसदको निर्वाचनमा समानुपातिक उम्मेदवार रहेका थिए । कम्युनिस्ट आन्दोलनमा विभिन्न भड्कावहरुका विरुद्धमा डटेर लड्ने स्वभावका उनी द्वन्द्वकालमा उनीमाथि शाही सेनाले निकै मानसिक यातना दिएको थियो । जस्तोसुकै परिस्थितिमा पनि अविचलित रुपमा रहेका उनले नयाँ पिंढीलाई संगठित गर्नमा जोड दिन्थे । मृतक थमन बुढाको श्रीमती, चार छोरी र दुई छोरा छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित