यी हुन् नयाँ संसदका १६५ सांसदहरु

काठमाडौं । नयाँ प्रतिनिधिसभाका लागि १६५ सांसदहरुको नामावली घोषणा भएको छ ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा गरिएको हो । प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम २०७९ मंसिर १९ गते सार्वजनिक भएसँगै अब सबै १६५ क्षेत्रकै नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा  कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ तथा लोसपाले ४ सिट जितेको छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका पाँच जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचित १६५ जना सांसदहरुको नामावली यसप्रकार रहेको छ । नेकपा( एमालेका निर्वाचित ४४ सांसदहरुमा ताप्लेजुङ – योगेश भट्टराई, पाँचथर – वसन्तकुमार नेम्वाङ ,  इलाम–२ – सुवास नेम्वाङ, झापा–२ – देवराज घिमिरे, झापा–४ – एलपी साँवा लिम्बू, झापा–५ – केपी शर्मा ओली, धनकुटा – राजेन्द्र राई, पर्सा–३ – राजकुमार गुप्ता, अर्घाखाँची – टोपबहादुर रायमाझी, प्युठान – सूर्य थापा, मकवानपुर–२ – महेशकुमार बर्तौला, कास्की–२ – विद्या भट्टराई, पर्वत – पदम गिरी, लमजुङ – पृथ्वीसुब्बा गुरुङ, रुपन्देही–५ – वासुदेव घिमिरे, सोलुखुम्बु – मानवीर राई, उदयपुर–२ – अम्बरबहादुर रायमाझी, ललितपुर–२ – प्रेमबहादुर महर्जन, सिरहा–१ – रामशंकर यादव, बाँके–१ – सूर्यप्रसाद ढकाल, बैतडी – दामोदर भण्डारी, कपिलवस्तु–१ – बलराम अधिकारी, कञ्चनपुर–१ – तारा लामा तामाङ, काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ, कास्की–३ – दामोदर पौडेल, सर्लाही–३ – हरिप्रसाद उप्रेती, मोरङ–२ – ऋषिकेश पोखरेल , कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता , रुपन्देही–१ – छविलाल विश्वकर्मा , रुपन्देही–२ – विष्णु पौडेल,पाल्पा–१ – नारायण आचार्य , कास्की–१ – मनबहादुर गुरुङ, काभ्रे–२ – गोकुल बाँस्कोटा , बारा–३ – ज्वालाकुमारी शाह, बारा–१ – अच्युत मैनाली, पाल्पा–२ – ठाकुर गैरे ,सिरहा–३ – लीलानाथ श्रेष्ठ , धनुषा–३ – जुलीकुमारी महतो, सुनसरी–२ – भीम आचार्य, गुल्मी–२ – गोकर्ण विष्ट, महोत्तरी–१ – लक्ष्मी महतो , इलाम–१  – महेश बस्नेत, धनुषा–४ – रघुवीर महासेठ र  सुनसरी–३ – भगवती चौधरी रहेका छन् ।

यस्तै नेपाली कांग्रेसका निर्वाचित ५७ सांसदहरुमा मुस्ताङ – योगेश गौचन, मनाङ – टेकबहादुर गुरुङ, काठमाडौं–१ – प्रकाशमान सिंह, काठमाडौं–३ – सन्तोष चालिसे, काठमाडौं–४ – गगनकुमार थापा, काठमाडौं–५ – प्रदीप पौडेल, रसुवा – मोहन आचार्य, ललितपुर–१ – उदयशमशेर जबरा, तनहुँ–२ – शंकर भण्डारी, डडेलधुरा – शेरबहादुर देउवा, काठमाडौं–१० – राजेन्द्र कुमार केसी, पर्सा–४ – रमेशकुमार रिजाल, सुर्खेत–२ – हृदयराम थानी, ओखलढुंगा – रामहरि खतिवडा, झापा–१ – विश्वप्रकाश शर्मा, पर्सा–१ – अजयकुमार चौरसिया, गोरखा–१ – राजेन्द्र बजगाईं, म्याग्दी – खमबहादुर गर्बुजा, अछाम–२ – पुष्पबहादुर शाह, कैलाली–४ – वीरबहादुर बलायर, दार्चुला – दिलेन्द्रप्रसाद बडू, कञ्चनपुर–३ – रमेश लेखक, भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री, दैलेख–२ – दिक्पालकुमार शाही, कञ्चनपुर–२ – एनपी साउद, तनहुँ–१ – रामचन्द्र पौडेल, बाँके–३ – किशोरसिंह राठौर, नवलपुर–१ – शशांक कोइराला, धादिङ–२ – रामनाथ अधिकारी, रौतहट–४ – देवप्रसाद तिमल्सिना, सिन्धुली–१ – श्यामकुमार घिमिरे, सप्तरी–३ – दिनेशकुमार यादव, नवलपुर–२ – विष्णुकुमार कार्की , सुर्खेत–१ – पूर्णबहादुर खड्का, बर्दिया–२ – सञ्जय गौतम, दाङ–३ – दीपक गिरी, नवलपरासी–१ – विनोद चौधरी, सिन्धुपाल्चोक–२ – मोहन बस्नेत, धनुषा–२ – रामकृष्ण यादव, स्याङ्जा–१ – राजु थापा , गुल्मी–१ – चन्द्र भण्डारी , मोरङ–६ – डा. शेखर कोइराला, मोरङ–३ – डा. सुनील शर्मा , कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य , संखुवासभा – दीपक खड्का , तेह्रथुम – सीता गुरुङ, कैलाली–५ – डिल्लीराम पन्त , सप्तरी–४ – तेजुलाल चौधरी , नुवाकोट–२ – अजुर्ननरसिंह केसी , मुगु – ऐनबहादुर शाही, मोरङ–१ – डिगबहादुर लिम्बू, रामेछाप – पूर्णबहादुर तामाङ, महोत्तरी–४ – महेन्द्रकुमार राय, उदयपुर–१ – डा. नारायण खड्का, सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की, स्याङ्जा–२ – धनराज गुरुङ र बाजुरा – बद्रीप्रसाद पाण्डे रहेका छन् ।

यसैगरी माओवादी केन्द्रका निर्वाचित १८ सांसदहरुमा सिन्धुली–२ – लेखनाथ दाहाल, सिन्धुपाल्चोक–१ – माधव सापकोटा, बागलुङ–२ – देवेन्द्र पौडेल, रोल्पा – वर्षमान पुन, रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर, जाजरकोट – शक्तिबहादुर बस्नेत, गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’, दाङ–२ – रेखा शर्मा, रुकुम पश्चिम – जनार्दन शर्मा, खोटाङ – रामकुमार राई, भोजपुर – सुदन किराँती , मोरङ–४ – अमनलाल मोदी , हुम्ला – कार्जेन लामा , नुवाकोट–१ – हितबहादुर तामाङ, खोटाङ – रामकुमार राई , काभ्रे–१ – सूर्यमान तामाङ, सर्लाही–२ – महिन्द्र राय यादव र दोलखा  – गंगा कार्की  रहेका छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) का १० सांसदहरुमा अछाम–१ – शेरबहादुर कुँवर, बारा–४ – कृष्णकुमार श्रेष्ठ, दैलेख–१ – अमरबहादुर थापा, सल्यान – प्रकाश ज्वाला, डोटी – प्रेमबहादुर आले, बझाङ – भानुभक्त जोशी, रौतहट–१ – माधवकुमार नेपाल, डोल्पा – धनबहादुर बुढा, धादिङ–१ – राजेन्द्र पाण्डे र दाङ–१ –  मेटमणि चौधरी रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसदहरुमा काठमाडौं–७ – गणेश पराजुली, काठमाडौं–८ – विराजभक्त श्रेष्ठ

काठमाडौं–२ – सोबिता गौतम, काठमाडौं–६ – शिशिर खनाल, ललितपुर–३ – तोसिमा कार्की, चितवन–२ – रवि लामिछाने र चितवन–१ – हरि ढकाल रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित सांसदहरुमा बाँके–२ – धवलशमशेर जबरा, जुम्ला – ज्ञानेन्द्रबहादुर शाही, मकवानपुर–१ – दीपकबहादुर सिंह, झापा–३ – राजेन्द्र लिङ्देन, चितवन–३ – विक्रम पाण्डे , नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान र रुपन्देही–३ – दीपक बोहरा रहेका छन् ।  जनता समाजवादी पार्टी, नेपालका निर्वाचित सांसदहरुमा पर्सा–१ – प्रदीप यादव, सप्तरी–१ – नवलकिशोर साह, सिरहा–४ – वीरेन्द्रप्रसाद महतो , सिरहा–२ – राजकिशोर यादव, बारा–२ – रामसहायप्रसाद यादव, धनुषा–१ – दीपक कार्की र सुनसरी–१ – अशोक राई  रहेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसदहरुमा रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल, सर्लाही–१ – रामप्रकाश चौधरी, महोत्तरी–२ – शरतसिंह भण्डारी र महोत्तरी–३ – महन्थ ठाकुर रहेका छन् ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसदमा कैलाली–३ – गंगाराम चौधरी, कैलाली १ बाट रञ्जिता श्रेष्ठ चौधरी र कैलाली–२ बाट अरुणकुमार चौधरी रहेका छन् ।

यस्तै जनमत पार्टीका निर्वाचित एक मात्र सांसद सप्तरी २ बाट डा. चन्द्रकान्त (सीके ) राउत रहेका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ १ बाट जितेका छन् भने नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल भक्तपुर–१ बाट सांसद बनेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर  बर्दिया २– बाट लालवीर चौधरी, सर्लाही ४बाट अमरेशकुमार सिंह, मोरङ ५बाट योगी मण्डल, रौतहट ३ बाट प्रभु साह र  रौतहट २ बाट किरण साह गरी जम्मा ५ जना स्वतन्त्र सांसद बनेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित