हत्या आरोपी कोली सार्वजनिक

धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बैतडीकी २१ वर्षीया माया लुहारको  हत्या आरोपमा पक्राउ परेका युवक भरतराम कोलीलाई प्रहरीले २०७९ मङ्सिर १९ गते सार्वजनिक गरेको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन ।

सार्वजनिक गरिएका हत्या आरोपी कोली  सशस्त्र प्रहरीका जवान समेत हुन । कास्कीको पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत कोली बिदामा घर आएका बेला उक्त घटना घटेको थियो । घटना लगत्तै कोली गाउँबाट फरार रहेपछि हत्यामा उनको संलग्नता रहेको आशंका गरिएको थियो । कोलीलाई १८ मङ्सिरका दिन कञ्चनपुरको महेन्द्रनगरबाट प्रहरीले पक्राउ गरेको थियो । मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा भरतको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले कोलीलाइ पक्राउ गरेको हो । प्रहरीले प्रेम सम्बन्धमा रहेका माया र भरतबीच प्रेमसम्बन्धकै बारेमा खटपट हुँदा घटना भएको जनाएको छ । हत्या आरोपी कोलीलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।  मायाको शिवनाथ गाउँपालिका–६ बैतडीको शिवनाथ मन्दिर नजिकै जङ्गलमा आधा घाँटी रेटेको अवस्थामा गत २०७९ मङ्सिर १४ गते शव फेला परेको थियो । सोही ठाउँकी १५ वर्षीया नेहा लुहारको घाँटीमा धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी थिइन् । उनको अहिले उपचार भइरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित