विस्तारवादको मिचाह प्रवृत्तिको मशालद्वारा बिरोध

काठमाडौं । नेकपा (मशाल) ले दार्चुलामा भारतिय पक्ष बाट नेपाली माथी भएको ज्यादतीको  बिरोध गरेको छ । मशालका प्रवक्ता राम बहादुर बुढाले २०७९ मङ्सिर २० गते एक प्रेस बक्तब्य जारी गर्दै स्थानिय नेपाली जनता भारतिय ज्यादती र अतिक्रमणका बिरुद्ध आन्दोलित हुँदा समेत उक्त घटनामा नेपाल सरकारले चासो नराख्नुले उसको आत्मसमर्पणवादी प्रस्ट्याएको बताएका छन ।

प्रवक्ता बुढाद्वारा  जारी उक्त बक्तब्यमा भनिएको छ – “दार्चुला जिल्लामा भारतीय पक्षबाट अनाधिकृत ढंगले भौतिक संरचना निर्माण गरेकाले महाकाली नदीको धार नै परिवर्तन भए पछि उत्पन्न समस्याले गर्दा नेपाली र भारतीय नागरिकहरुका बीचमा अशान्ति उत्पन्न भएको समाचार प्रति नेपाल कम्युनिस्ट पार्टी (मशाल) को ध्यान आकर्षण भएको छ ।

महाकाली नदीले धार परिवर्तन गरे पछि नेपाल तर्फ त्यसले गर्ने असरलाई ध्यान दिएर नेपाली जनताले भारतीय मिचाहा प्रवृतिको विरोध गर्दा भारतीय पक्षबट ढुङ्गा प्रहार गर्दा केही नेपाली बालबालिकाहरु घाइते भएका छन् । जनताहरु बिरोधमा उत्रँदा समेत नेपाल सरकारले चासो नराख्नु राष्ट्रिय आत्मसमर्पणवादी प्रवृति हो । हामी भारतीय विस्तारवादको मिचाहा प्रवृतिको विरोध गर्दछौं । नेपाल सरकारले यो समस्यालाई समाधान गर्न भारतीय पक्ष सित  अविलम्व कुटनैतिक पहल गर्न जोडदार माग गर्दछौं ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित