काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं जिल्लाको सम्मेलन जारी रहेको छ । कार्यक्रममा प्रमुख अतिथि एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरण रहेका थिए । अतिथिहरुमा पार्टीका वरिष्ठ नेता गौरव, केन्द्रीय सहसंयोजक असिम, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शन, कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल लगायत रहेका थिए । काठमाडौं जिल्ला संयोजक प्रकाशको सभापतित्व र नारायण शर्माको सञ्चालनमा सम्पन्न भएको अधिवेशनको उद्घाटन सत्रलाई हेमन्तले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रममा प्रमुख अतिथि किरणले रिमोर्टद्वारा व्यानर खोलेर उद्घाटन गरेका थिए । सम्मेलनको उद्घाटन सत्रमा अतिथिहरुले अधिवेशन भव्य सफलताको शुभकामना दिनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका विभिन्न प्रवृतिहरुको बारेमा चर्चा परिचर्चा गरेका थिए । पार्टीको आसन्न एकता महाधिवेशनको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै वैचारिक तथा राजनीतिक बहसका विषयमा पनि संक्षिप्तमा महत्वपूर्ण विचार प्रस्तुत गरेका थिए ।कार्यक्रममा नेताहरु प्रवेश, पुस्कर श्रेष्ठ, दलजित सिंह, हुकुमबहादुर सिंह, पर्वत, उदय रिजाल, विजयरत्न बज्राचार्य र गोर्की श्रेष्ठको आतिथ्यता रहेको थियो ।कार्यक्रम सेतोपुलस्थित इच्छुक सास्कृतिक प्रतिष्ठानमा आज र भोलिसम्म जारी रहने छ ।