इटहरी । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह जस्तै सुनसरीको इनरुवा नगपालिकाका मेयर पनि डोजर लिएर अतिक्रमित सडकपेटी खाली गर्न बाटोमा निस्किएका छन ।
पैतिस दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दा समेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको इनरुवा नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो ।
इनरुवा नगरपालिकाले नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले २०७९ मङ्सिर २० गते देखि सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका छन् । स्थानिय व्यापारी र केही बासिन्दाहरुले अवरोध गरे पनि नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा धमाधम हटाइरहेको छ ।
Comments