इटहरी । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल इटहरी उपमहानगरपालिका स्तरीय सम्मेलन २०८१ भाद्र २९ गते सम्पन्न भएको छ । बेनु बुढाथोकीको अध्यक्षता र संचालन महानको संचालनमा सम्पन्न सम्मेलनको उद्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विवेकले गरेका थिए । सम्मेलनमा अन्य अतिथिहरुमा केन्द्रीय सदस्य वलदेव , सुनसरी जिल्ला संयोजक रविकिरण रहेका थिए । सम्मेलनले वेनु बुढाथोकीको नेतृत्वमा १५ सदस्सीय उपमहानगरपालिका स्तरीय समिति चयन गरेको छ । कार्यक्रममा अन्य पार्टी परित्याग गरी पार्टी प्रवेश गर्नेहरुलाई स्वागतकार्यक्रम पनि गरिएको थियो ।
Comments