काठमाण्डौ । संविधान दिवसका अवसरमा काठमाडौंको सुन्धारास्थित धरहरा सर्वसाधरणकालागि खुला गरिएको छ। २०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको धरहरा आजदेखि सर्वसाधरणका लागि खुला गरिएको हो। धरहरा चढ्नका लागि हाललाई कुनै शुल्न नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ।भूकम्पले ध्वस्त पारेको धरहरा पुनःनिर्माण पछि फेरी चढ्न खुला गरिएको छ ।
Comments