पोखरा ।अखिल (क्रान्तिकारी ) र अखिल (छैटौं )४ नं.प्रदेश एकता भेला २०८१ असोज ३ गते पोखरामा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी )का केन्द्रिय संयोजक महेश श्रेष्ठले विद्यार्थीको झन्डा फहराएर कार्यक्रमको उद्घाटन गरेका थिए । विशिष्टअतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा ४ नं .प्रदेश संयोजक चिन्तामणि पौडेलले भेला सफलताको शुभकामना दिएका थिए ।
भेला सफलताको शुभकामना तथा आतिथ्यतामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिबालय सदस्य द्वय केश बहादुर परियार र आकाश गौतम ,सदस्यहरु नारायण अधिकारी, विक्रम थापा, भिम श्रीस दिपक गुरुङ, अखिल (क्रान्तिकारी)का केन्द्रिय सह संयोजक प्रभात भट्टराई जनजाति नेता पुर्ण लामा कलाकार जुना थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका पर्वत सह–संयोजक राजेन्द्र पाठक अन्तरास्ट्रिय नेपाली एकता समाजका नेता मान बहादुर थापा रहेका थिए । ।शहिद प्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरी कार्यक्रम शुरु भएको उक्त कार्यक्रमको अध्यक्षता लक्ष्मण वि.क.ले , सन्चालन हिमाल रसाइली र स्वागत मन्तव्य स्नेहा गौतमले गरेका थिए ।
भेलाले लक्ष्मण वि.क.को अध्यक्षतामा ११ सदस्यीय ४ नं.प्रदेश संगठन समिति निवार्चित गरेको छ । सदस्यहरुमा क्रमश स्नेहा गौतम, हिमाल रसाइली, स्नेहा अधिकारी, किरण ज्ञवाली,प्रकृति पाठक, याम ब सोमै, धनु पुन, सुनिल वि.क रहेका छन्।