४ न. प्रदेशमा दुइ क्रान्तिकारी महिला संगठनहरुको एकता भेला सम्पन्न

पोखरा ।क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघ ४ न प्रदेश एकता भेला २०८१ भदौ २५ गते पोखरामासम्पन्न भएको छ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा ४न प्रदेश संयोजक चिन्तामणि पौडेल द्वाराव्यानर पढेर उद्घाटन गरेका थिए ।क्रा क पा नेपाल ४ न प्रदेश कार्यालय सृजना चोक पोखरामा भएको भेला सफलताको शुभकामना दिनेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिति सचिवालय सदस्य केश बहादुर परियार ,आकाश गौतम, महिला मोर्चा इन्चार्ज रामजी थापा रहेका थिए ।एकता भेलाले देवी थापा संयोजक रहेको १९ सदस्यीय क्रान्तिकारी महिला संगठन नेपाल ४ न प्रदेश संगठन समिति निर्वाचित गरेको छ । सदस्यहरुमा मिना लक्ष्मी शर्मा , सुशीला थापा परियार, विष्णु राना, गिता कुवर ,पार्वती पाठक , मिना आचार्य , राधिका पौडेल , गिता पाण्डे ,तेज कुमारी घर्ती, केश कुमारी बुढा , पवित्रा नेपाली डिल माया पुन ,उर्मिला श्रीस ,लक्ष्मी मल्ल , कल्पना विन्दु र २ स्थान रिक्त राखिएको छ ।कार्यक्रमको अध्यक्षता देवीथापाले सन्चालन शुशिला थापा स्वागत मिनालक्ष्मी शर्माले गरेका थिए ।शहिदहरु प्रति १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित