नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीको एकता सम्मेलन २०८१ असोज २ गते सम्पन्न भएको छ । सम्मेलनले रवि पाण्डेयको नेतृत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ । एकता सम्मेलनले पाण्डेयलाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको छ ।
सम्मेलनको उद्घाटन सत्रमा पार्टीका केन्द्रीय कार्यालय सदस्यद्वय कृष्णराज पौडेल, हरिभक्त कण्डेल र केन्द्रीय सदस्य थापाले एकता सम्मेलन सफलताको शुभकामना दिएका थिए ।कार्यक्रममा पार्टीका सचिवालय सदस्यद्वय श्याम बहादुर बोहोरा, निरज केसी, केन्द्रीय सदस्य दलसिङ खत्रीको समेत आतिथ्यता थियो । सम्मेलन समसामायिक प्रस्ताव पारित गरेको छ ।
Comments