आठौं राष्ट्रिय लुम्बिनी महोत्सव सुरु

अर्जुन शर्मा , बुटवल । “पर्यटन, कृषि र उद्योगको विकाश, राष्टिय सम्बृद्धिको आधार“ भन्ने मूल नाराका साथ रुपन्देहीको भैरहवामा आठौं  राष्टिय लुम्विनि महोत्सव  शुरु भएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा सिद्धार्थनगर भैरहवामा २०७९ मंसिर २३ गते बाट  महोत्सव शुरु भएको हो ।

एक भव्य समारोहका साथ शुरु भएको महोत्सवलाई  गृहमन्त्री  एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले पानसमा दिप प्रज्ववलन गरि शुभारम्भ गरेका हुन । महोत्सवको पुर्वसंध्यामा भैरहवाको देवकोटा चोक देखि विशाल झाँकि सहितको ¥याली बैंकरोड, नारायणपथ, बर्मेलीटोल, बुद्धचोक हुँदै महोत्सव  स्थल अञ्चलपुर पुगे पश्चात मेलाको शुभारम्भ गरिएको थियो ।

महोत्सवमा स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाको बजार प्रवर्द्धन गरिनुका  साथै घरेलु सामग्रीप्रति उपभोक्तालाई जागरुक बनाउन स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकला सामग्रीको बजार प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष  भीष्म प्रसाद न्यौपानेका  अनुसार रुपन्देहीका विभिन्न पालिकाहरूसँगको सहकार्य र समन्वयमा आयोजना गरिएको यो महोत्सव अबधिभर करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र महोत्सव अवधिमा १० करोड रुपैयाँ बराबरको कारोवार हुने आकलन गरिएको छ।

महोत्सवमा अन्तराष्ट्रिय कुस्ति प्रतियोगता, आर्कषक वाल उद्यान, कृषी पर्दशनि, व्यापार व्यवसाय लगायतका  २ सय ५० भन्दा बढी  स्टल रहेका छ्न ।

महोत्सवमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित कपिलबस्तुको तिलौराकोट लगायत पुरातात्विक स्थल र नवलपरासीमा रहेको रामग्राम लगायत क्षेत्रमा विशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था गरिएको छ ।

मेला अवधिवर सुरक्षाको लागि सि.सि.टि.भि. क्यामराको समेत जडान गरिएको छ । महोत्सवको समापन पौष ४ गते हुने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित