कुलबहादुर गुरूङ प्रति हार्दिक श्रद्धाञ्जली

भिवाडी । अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितीले मृतक कुल बहादुर गुरुङ्ग प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । भिवाडीस्थित खोरीमा लामो समय देखि नोकरी पेशा गर्दै आउनु भएका स्थाई घर चितवन जिल्ला द्वारेचोक २ चौपुङ्ग निवासी ८६ वर्षीय कुल बहादुर गुरुङ्ग विगत समयमा अखिल भारत नेपाली एकता समाज नगर समितिको सक्रिय सदस्य पनि हुनुहुन्थ्यो। उहाँको निधनको खबर पाए लगत्तै नगर समितिबाट बाबुराम बस्नेत ज्युको उपस्थितिमा मृतकको दाहसंस्कार गरिएको छ। मृतकको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको कारण अखिल भारत नेपाली एकता समाज नगर समिती भिवाडी एवम् मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती भिवाडी द्वारा सयुंक्तरूपमा बाबु बस्नेतको विशेष पहलमा दाहसंस्कार खर्च गरिएको थियो। उक्त समयमा श्रद्धाञ्जली सभा पनि राखिएको थियो। जसको अध्यक्षता किशोर राईले गर्नु भएको थियो भने सन्चालन काजी राम श्रेष्ठले गर्नु भएको थियो। एक मिनेटको मौन धारणा पछि डि.बि. राना, अखिल भारत नेपाली एकता समाज भिवाडीवाट बाबू राम बस्नेत, प्रवासी नेपाली सङ्घ भिवाडीवाट लिलाधर न्युरे र नेपाली एकता समाज वाट भेगराज विष्टले मृतकको व्यक्तित्व र उहाँले समाज प्रति दिनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।श्रद्धाञ्जली मन्तव्यको क्रममावक्ताहरुले हामी प्रवासमा कुनै न कुनै सङ्गठनमा आवद्ध रहेर सङ्गठित हुन पर्ने कुरा राख्नु भएको थियो। मृतक गुरुङ्गको परिवारमा एकजना वृद्ध श्रीमती हुनुहुन्छ । अखिल भारत नेपाली एकता समाज नै वहाँहरुकोलागि एक अविभावक संगठन रहिआएको छ ।विगतका दिनहरुमा पनि गुरुङ्ग दम्पतीलाई अप्ठ्यारो पर्दा अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले पटक पटक सहयोग गर्दै आईरहेको थियो। अखिल भारत नेपाली एकता समाजले वहाँको असामयिक निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक समवे दना प्रकट गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित