काठमाडौ ।शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण नेपालभर जनजीवन अस्तव्यस्त भएकोछ। सरकारले लामा दुरीका गाडीहरू नचलाउन सूचना जारी गरेकोछ । राजमार्गहरू अवरुद्ध भएकाले लामा दूरीका गाडी बन्द भएका छन् । हवाई यातायात पनि रोकिएकोछ । वर्षातका कारण डुबान , बाढी ,पहिरोले जनधनको क्षतिको विवरण बढ्दो छ ।भर्खरै नेपाल सरकार गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले हाँक टुडेलाईलाई दिएको जानकारी अनुसार ३८ जनाको मृत्यु र २९ जना बेपत्ता भएको रेकर्ड मन्त्रालयमा आएकोछ । उपत्यकामा मात्र २१ जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएकोछ। कोशी ब्यारेजमा पानीको सतह निकै माथि आए पछि ब्यारेज हुँदै चल्ने गाडी रोकिएका छन।
मकवानपुरको ईन्द्रसरोबर ताल भरिएको छ ।बाँधको २ वटा गेट खोलीसकेको अबस्था छ ।त्यसैले ईन्द्रसरोबर गाउँपालिकाको सिस्नेरी डोढारे भिमफेदीको कोगटे खोला दोभान इपा बेसी , माल्टा बेसी, फाप्लाङ्ग बेसी, बगुवा बेसी , ठिंगन बेसी , घैयाटार बेसी , प्युटार बेसी , लुक्ने बेसी, मंथली बेतिनी , फापरबारी राईगाँउ , सिन्धुली , रौतहट बागमती खोला छेउ सबै र सरलाहीको नदी आसपास सावधान रहन जनतालाई अनुरोध गरेको छ ।