रहेनन कर्णबहादुर कार्की

काठमाडौ। नेपाली पत्रकारिता क्षेत्रमा फरक पहिचान र साहसिक व्यक्तित्व, दैनिक लुम्विनीका सस्थापक सम्पादकरप्रकाशक,प्रेस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्कीको असामयिक निधन भएकोछ । बुटवल मुख्य कार्यक्षेत्र भएपनि जीवनको उत्तरार्धमा कार्की पाल्पामा स्थायी वसोवास गर्दै आउनु भएको थियो ।उहाँको निधन पनि असोज १२ मा पाल्पामै भएको छ ।
कर्ण बहादुर कार्कीले पन्चायतकालमा पाल्पामा नेकपा (मसाल) को राजनीति प्रचार गर्न योगदान पु¥याउनु भएकोथियो । लुम्बिनी दैनिक प्रकाशन गरेर उहाँले बुटवलबाट मसालको राजनीतिलाई जनतामा पुर्याउन अहम् भूमिका खेल्नु भएको थियो । २०४७ मा मसालबाट बाबुराम भट्टराई विभाजित भएर नेकपा (एकताकेन्द्र)मा आबद्ध हुँदा उहाँ पनि एकताकेन्द्रको पक्षमा लाग्नु भयो । पछिल्लो अवधिमा नागरिक अगुवाकारूपमा उहाँले काम गरिरहनु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित