क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सुनसरीको एकता सम्मेलन सम्पन्न

इटहरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनसरी जिल्लाको एकता सम्मेलन २०८१ आश्विन ११ गते सुनसरीको इटहरीमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता क. रवि किरणले गरेका थिए । स्वागत मन्तव्य क. निरुबाट भएको थियो । संचालन क. पारसले गरेका थिए ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका कार्यालय सदस्य क. रामसिंह श्रीसले गरेका थिए । सम्मेलनमा उद्घाटन मन्तव्य राख्दै क. श्रीसले पार्टी एकता आजको आवश्यकता हो । यो एकतालाई दिगो बनाएर क्रान्तिकारी आन्दोलनलाई व्यापक रुपमा विस्तार गरेर नयाँ जनवादी क्रान्तिको खुड्कीलो पार गरी समाजवादको दिशातिर जानुपर्ने आवश्यकता रहेको कुरामा जोड दिएका थिए । उद्घाटन सत्रको समापन लगत्तै सम्मेलनको बन्दसत्र सुरु भएको थियो । बन्दसत्रको अध्यक्ष मण्डलमा क. विवेक, क. बलदेव र क. सुजाता रहेका थिए । सम्मेलनले क. पारस सेक्रेटरी रहेको २५ सदस्यीय जिल्ला समितिको चयन गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित