काभ्रेमा एकताको ११औं जिल्ला सम्मेलन सम्पन्न

काभ्रे । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काभ्रे जिल्लाको एकताको ११औँ जिल्ला सम्मेलन बनेपामा २०८१ साल असोज ९ गते वरिष्ठ नेता सिपि गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।उदघाट्न सत्रमा बोल्दै प्रमुख अतिथि गजुरेलले “क्रान्तिका लागि अहिले वस्तुगत अवस्था अनुकुल भएको तर आत्मगत अवस्था कमजोर रहेको ”भन्दै क्रान्ति सम्भव रहेको बताए।त्यसैगरी विशेष अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय कार्यालय सदस्य तथा पार्टी प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शनले नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश ३को संयोजक अटल, पार्टीको केन्द्रिय सचिवालय सदस्य तथा काभ्रे जिल्ला संयोजक सोमान सिङ तामाङ ,केन्द्रिय महाधिवेशन आयोजक समित सदस्य मिसन लगायतका नेताहरूले सम्मेलन सफलताको सुभकामना मन्तव्य राखेका थिए ।चैतन्य क्याम्पसबाट नारा जुलुससहित शहर परिक्रमा गरी बनेपा नगरपालिका हलमा उदघाट्न गरिएको उक्त कार्यक्रममा मिना तामाङको स्वागत मन्तव्य र प्रदीप अस्तानीको सञ्चालनमा जिल्ला संयोजक ढोक प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो। उदघाट्न पछिको बन्दसत्रले ढोक प्रसाद अधिकारीलाई सचिव चयन गर्दै ३१ सदस्यीय पुर्ण र ७ वैकल्पिक सदस्य रहने गरी जिल्ला समिति निर्वाचित गरेको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित