जीप दुर्घटनामा १२ जनाको मृत्यु

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ नगरपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही नगरपालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् ।

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।

जीपमा सवार १२ जनामध्ये छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका थिए । उनको पनि उपचारकै क्रममा सुर्खेत अस्पतालमा मृत्यु भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित