पोखरा । रक्तिम साँस्कृतिक अभियानले असोज १६ गते पोखरामा सम्पन्न गर्न गइरहेको साँस्कृतिक प्रस्तुतिको तयारी पूरा भएको जनाएको छ । रक्तिम सास्कृतिक अभियानका केन्द्रीय अध्यक्ष नारायण शर्माले मंगलबार हाँक सित कुरा गर्दै सो कुराको जानकारी गराएका हुन् ।अध्यक्ष शर्माले पोखरास्थित पोखरा सभागृहमा दिउँसो २ बजे देखि ५ बजेसम्म विशेष साँस्कृतिक प्रस्तुति रहने बताए ।
रक्तिम साँस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्माको विशेष प्रस्तुति रहने पनि बताईएको छ । रक्तिम साँस्कृतिक अभियानका महासचिव उदय रिजाल , पूर्व केन्द्रीय अध्यक्ष नारायण योगी ,उपाध्यक्ष दलबहादुर वि.क. ,कोषाध्यक्ष डम्बर भण्डारी कलाकारहरु धनबहादुर थापा , पम्फा वञ्जाडे पूर्व केन्द्रीय कोषाध्यक्ष भरत श्रेष्ठ , प्रतिभा पौडेल ,सुजन थापा केशव राना , कृति पुन , वेली सिंजाली , गिनिज बुढा ,प्रशंसा थापा , डेभिड गुरुङ उज्ज्वल गुरुङ, सामनाका केन्द्रीय उपाध्यक्ष काजी गाउँले , जनगायिका शुशिला थापा ,हिमांसु वली लगायत २ दर्जन कलाकारको प्रशतुति रहने छ । कार्यक्रममा वाग्लुङ– पोखरा मगर समाजको नौमती बाजा समुहले पनि आफ्नो प्रश्तुती राख्नेछ ।
कार्यक्रममा पुराना, नया उर्जाशील गीत ,नृत्यको प्रश्तुती हुनुकासाथै नाटक पनि देखाइने आयोजकले बताएका छन् ।