काठमाडौं । आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक रोजगारीमा गएका १४७९ जना प्रवासी नेपालीहरुले ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ ।
आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ ।
यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेको समेत तथ्यांकमा उल्लेख छ ।
Comments