असोज १९ ,चितवन । आज चितवनको एक कार्यक्रममा रवि लामिछानेमाथि सहकारी पीडितहरूले ढुङ्गामुढा गरेका छन् । पीडितहरूले लामिछानेलाई ढुङ्गा वर्षाए पछि प्रहरीहरूले लामिछानेलाई जोगाउन हम्मेहम्मे परेको थियो । लामिछानेले गत २०७९ को संसदीय चुनावमा अत्यधिक मतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवनबाट विजय प्राप्त गरेकाथिए । लामिछाने सहकारी ठगी प्रकरण ,द्वेध नागरिकता, वहुविवाह लगायतका अनेकौं प्रकरणमा बदनामित पात्र हुन् । उनको यो वदनामित स्थितिको मौका छोपेर काङ्ग्रेस र एमाले उनको विरुद्धमा लागेको र माओवादी केन्द्र उनको पक्षमा लागेका छन् ।
Comments

